भेडाबाख्रा बेचेर जम्मा गरेको ४ लाख घरसंगै जलेपछि

रोल्पा । रोल्पाका एक किसानले घरमा राखेको चार लाख रुपैयाँ नगद जलेको छ ।

थबाङ गाउँपालिका–४ चौत्रावाङका पूर्णबहादुर रोका मगरको घरमा आगलागी हुँदा चार लाख रुपैयाँ नगद जलेको जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी भरत लामाले जानकारी दिए ।

‘यो गएको बुधबार दिउँसोको घटना हो,’ डीएसपी लामाले भने, ‘कोही नभएको बेला घरमा आगलागी भएछ । आगलागीमा परेर हजार दरका नोटहरू आधा भाग जलेको अवस्थामा फेला परेको छ । त्यसरी जम्मा चार लाख रुपैयाँ जलेको छ ।’


अँगेनामाथि चाउरा राखेर मगर परिवार मेलापात गएको बेलामा आगलागी भएको उनले बताए । अनुसन्धानका क्रममा उक्त रकम मगर परिवारले भेडाबाख्रा बेचेर जम्मा गरेको पाइएको लामाले जानकारी दिए ।

आगलागीबाट गोठमा रहेको भेडाको ऊन, कपडा, सोलार प्यानल, अन्नपातसहित ६ लाख २० हजार बराबरको क्षति भएको प्रहरी निरीक्षक शाहीले बताए।

घटनास्थल सदरमुकामबाट ६ घन्टाको दुरीमा पर्छ । ‘रुपैयाँ पूर्णरुपमा जलेको छैन । आधा भाग जस्तो जलेको छ,’ डीएसपी लामाले भने, ‘त्यो रुपैयाँ राष्ट्र बैंकले साट्दिन्छ। हामीले त्यो जानकारी उहाँहरुलाई गराएका छौँ ।’रासस

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
1
67
सम्बन्धित

लोकप्रिय

लोकप्रिय