मनमोहनमा पाठेघरको शल्यक्रियापछि बृद्धाको मृत्यु

बिर्तामोड । झापा बिर्तामोडको मनमोहन हस्पिटलमा पाठेघरको शल्यक्रियापछि एक बृद्धाको मृत्यु भएको छ ।

मेचीनगर-३ की ६४ वर्षीया सुकमाया लिम्बूको मृत्यु भएको हो । पाठेघरमा समस्या भएर सुकमायालाई हिजो साँझ ५ बजे मनमोहन हस्पिटलमा भर्ना गरिएको थियो ।

उनको राति २ बजे शल्यक्रिया गरिएकोमा आज दिउँसो १ बजे मृत्यु भएको हो । बिरामीको मृत्युपछि मृतकका आफन्तहरुले अस्पतालमा विवाद गरेका थिए ।


मृतकका आफन्त र प्रशासन पक्षबीच छलफल भएर विवाद मिलाएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी प्रकाश विष्टले बताए ।

बिरामीको मृत्यु भएपछि उपचार खर्च अस्पतालले नलिनेलगायतका सहमति भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
2
+1
2
845
सम्बन्धित

लोकप्रिय

लोकप्रिय