इलामको दानाबारीबाट बिर्तामोडको ल्याइएको काँचो केरामा विषादीको मात्रा उच्च, उपभोग गर्न अयोग्य

बिर्तामोड । इलामको दानाबारीबाट विक्रीका लागि बिर्तामोडस्थित कृषि थोक बजारमा ल्याइएको ७० घरी काँचो केरामा विषादीको मात्रा उच्च भएको फेला परेको छ । विषादीको मात्रा उच्च भएपछि उपभोग गर्न अयोग्य भएको छ ।

आज विषादी अवशेष विश्लेषणका क्रममा काँचो केरा उपभोग अयोग्य फेला परेको हो । विषादीको मात्रा उच्च भएपछि नष्ट गर्ने तयारी गरिएको छ । कतिपयले केही दिन राखेर पुनः परीक्षण गर्न भनेका छन् ।

दानाबारीका कमल मगरले ल्याएको काँचो केरामा कार्वामेट ५३.१११० र अर्गानो फस्फेट ३२.४४२० प्रतिशत भेटिएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई बिर्तामोडले जनाएको छ ।


प्रयोगशालाका अनुसार ४५ प्रतिशत भन्दामाथि विषादी भेटिए नष्ट गर्नुपर्ने हुन्छ । मगरकै केही काँचो केरा भने उपभोगका लागि पर्खनुपर्ने भनिएको छ । पर्खनुपर्ने काँचो केरामा कार्वामेट ४४.७६ प्रतिशत र अर्गानो फस्फेट २७.६७ प्रतिशत भेटिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
3
+1
1
+1
0
+1
0
+1
1
सम्बन्धित

लोकप्रिय

लोकप्रिय