ज्ञानुराम प्रसाई स्मृति प्रतिष्ठानद्वारा आयोजित रक्तदानमा १०१ जनाले दिए रगत

बिर्तामोड । ज्ञानुराम प्रसाई स्मृति प्रतिष्ठानले मंगलबार झापाको बिर्तामोडमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । झापामा रगतको अभाव भइरहेका बेला प्रतिष्ठानले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

बिर्तामोडका सामाजिक एवम् राजनीतिक व्यक्तित्व ज्ञानुराम प्रसाईको योगदानलाई चिरस्थायी बनाउँदै सामाजिक कार्य गर्ने उद्देश्यले प्रतिष्ठान स्थापना भएको थियो । प्रतिष्ठानमार्फत यसअघि अदुवा खोला करिडोरमा वृक्षारोपण गरिएको छ ।

दोस्रो सामाजिक कार्यक्रम अन्तर्गत प्रतिष्ठानले रक्तदान गरेको अध्यक्ष बद्रीप्रसाद भट्टराईले बताए । ‘प्रतिष्ठानले आयोजना गरेको रक्तदान कार्यक्रममा उत्साहजनक सहभागिता देखिएको छ’, अध्यक्ष भट्टराईले भने, ‘ हामी सबै रक्तदाताप्रति आभार व्यक्त गर्दछौँ ।’


बिर्तामोड नगरपालिकाकी प्रमुख एवम् प्रतिष्ठानकी संरक्षक पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा प्रतिष्ठानले आयोजना गरेको रक्तदान कार्यक्रममा सशस्त्र प्रहरीसहित १०१ जनाले रक्तदान गरेका छन् ।

कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले प्रतिष्ठानमार्फत विभिन्न सेवामूलक सामाजिक अभियानहरू सञ्चालन गरिने बताउँदै सदस्य विस्तार अभियानलाई तीव्र बनाइने बताइन् । प्रतिष्ठानका सचिव सुब्रत न्यौपानेका अनुसार इच्छुक सबै महानुभावलाई प्रतिष्ठानले सदस्यता दिइरहेको छ । यसअघि बसेको प्रतिष्ठानको बैठकले इच्छुकहरुलाई सदस्यता दिने निर्णय गरेको थियो ।

कार्यक्रममा नेकपा एमाले लेखा आयोग सदस्य जसमाया गजमेर र एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य ज्ञानेन्द्र प्रकाश ओलीले शुभकामना मन्तव्य राखेका छन् । सहभागीलाई प्रतिष्ठानका उपाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले स्वागत गरेका छन् ।

नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा सहभागी रक्तदातालाई प्रमाणपत्र वितरण गरिएको प्रतिष्ठानका सहसचिव टीकाराम प्रसाईले बताए ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
310
सम्बन्धित

लोकप्रिय

लोकप्रिय