अनशन स्थलबाटै पक्राउ परे कोशीका पूर्वमुख्यमन्त्री कार्की

मोरङ । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आफ्नो कार्यकालमा अघि बढाइएका कार्यक्रम कटौती गरेको भन्दै कार्कीले आज (मङ्गलबार) दिउँसो ४ बजेदेखि आमरण अनशन थालेका थिए ।

निषेधित क्षेत्र तोकिएको प्रदेश सभा भवन अगाडीबाटै कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ गर्न खोजिएपछि कार्कीका समर्थक र प्रहरीबीच झडप भएको थियो । स्थितिलाई नियन्त्रणमा लिन भन्दै प्रहरीले लाठीचार्ज नै गरेको थियो ।

कार्कीसँगै उनका केही समर्थकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो । कार्कीलाई उनकै सरकारका कानुनी मन्त्री शम्शेर राईले पनि अनशनमा साथ दिएका थिए ।


प्रदेश सभा बैठक चलिरहेको अवस्थामा उनी ९ बुँदे माग राख्दै आमरण अनशन बसेका थिए । सरकारले माग पूरा नगरेसम्म अनशन जारी रहने कार्कीले बताएका थिए ।  कार्कीले घोषणा गरेको आमरण अनशनस्थललाई जिल्ला प्रशासन कार्यालय मोरङले मंगलबार नै निषेधित क्षेत्र घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
207
सम्बन्धित

लोकप्रिय

लोकप्रिय