विश्वकप लिग-२ का लागि १५ सदस्यीय नेपाली क्रिकेट टिमको घोषणा [ खेलाडी सुची सहित ]

विर्तामोड । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ (२०२४-२६) अन्तर्गत छैटौं चरणको खेलहरुको लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ ।

ओमान र क्यानडा सम्मिलित हुने छैटौं चरणको खेलहरुको लागि सोमबार आज नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । पौडेलको कप्तानीमा घोषित टिममा कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भिम सार्की, आरिफ शेख, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरी परेका छन् ।

क्रिकेट विश्वकप लिग-२ (२०२४-२६) को लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको सुची [1]

यसैगरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्सन कुमार झा, रिजन ढकाल, सन्दिप लामिछाने र ललित नारायण राजवंशी पनि टिममा परेका छन् । देव खनाललाई भने ट्राभलिङ रिजर्भमा राखिएको छ ।


भिम सार्की, आरिफ शेख, अर्जुन साउद र रिजन ढकालले टिममा पुनरागमन गरेका छन् । यसअघि नेपालले पाकिस्तान र श्रीलंकामा समपन्न भएको टी-२० एसिया कप र अमेरिका र वेष्टइन्डिजमा आयोजित विश्वकप खेल्दा सार्की र आरिफ टिममा परेका थिएनन् ।

क्रिकेट विश्वकप लिग-२ को छैटौं चरणको खेल तालिका

क्रिकेट विश्वकप लिग २०२७ को लागि छनौट प्रक्रियाको रुपमा रहेको आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ (२०२४-२६) अन्तर्गत छैटौं चरणको खेलहरुको लागि क्यानडामा १६ सेप्टेम्बरमा हुने लिग २ को पहिलो खेलमा नेपालले आयोजक क्यानडासँग प्रतिस्पर्धा गर्नेछ । यस्तै, नेपालले १८ सेप्टेम्बरमा ओमान र २२ सेप्टेम्बरमा क्यानडासँग खेल्नेछ । २४ सेप्टेम्बरमा भने नेपालले ओमानको सामना गर्नेछ ।

  • आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ (२०२४-२६) अन्तर्गत पहिलो चरणको खेलहरु [2]

२०२४ फेब्रुअरीमा नेपालमा आयोजना भएको पहिलो चरणको खेलहरुमा नेदरल्याण्ड र नामिबिया सम्मिलित नेदरल्याण्डले ४ खेल खेलेकोमा २ खेलमा जित, १ खेलमा हार र १ खेलमा नतिजा विहिन हुँदै ५ अंक, नेपालले ४ खेल खेलेकोमा १ खेलमा जित, ३ खेलमा हार हुँदै २ अंक र नामिबियाले ४ खेल खेलेकोमा १ खेलमा जित, २ खेलमा हार र १ खेलमा नतिजा विहिन हुँदै २ अंक पाएको थियो । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ (२०२४-२६) अन्तर्गत नेदरल्याण्ड, स्कटल्याण्ड, क्यानाडा, नामिबिया, अमेरिका, नेपाल, ओमान र युएइ गरि  ८ वटा टिमहरु सहभागी भएरहेका छन् ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ (२०२४-२६) अन्तर्गत सहभागी टिमहरु

यस लिग २ (२०२४-२६) मा सहभागी टिमहरुमध्ये शीर्ष ४ टिमले विश्वकप २०२७ को लागि छनौट प्रतियोगिता खेल्नेछ भने बाँकी ४ टिमले प्लेअफ खेल्न पर्नेछ ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ (२०२४-२६) अन्तर्गत सहभागी टिमहरुको आजसम्मको अंक तालिका
  • आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ (२०१९-२३) अन्तर्गतको अन्तिम नतिजा

२०१९ अगष्ट १४ देखि २०२३ मार्च १६ सम्म भएको आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ (२०१९-२३) अन्तर्गत ७ टिम सहभागी प्रतियोगितामा नेपालले ३६ खेल खेलेकोमा १९ खेलमा जित, १५ खेलमा हार र ११ खेलमा बराबरी र नतिजा बिहीन हुँदै ४० अंक सहित तालिकाको तेस्रो स्थानमा रहेर एकदिवसीय मान्यता समेत जोगायो र विश्वकप २०२३ को छनौट प्रतियोगिता समेत खेल्यो ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ (२०१९-२३) अन्तर्गतको अन्तिम नतिजा

 

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
0
+1
0
+1
0
349
प्रदीप सिंजाली मगर
प्रदीप सिंजाली मगरhttps://pradipsinjalimagar.wordpress.com/
प्रतिक्रियाको लागि सुर्योदय नगरपालिका वडा नं. १४ इलाममा बस्ने उनलाई इमेल माध्यमबाट [email protected] मा र यहाँ उल्लेखित सामाजिक सञ्जालहरुबाट पनि सम्पर्क गर्न सकिनेछ ।
सम्बन्धित

लोकप्रिय

लोकप्रिय