युट्युबमा ट्युटोरियल भिडियो हेर्दै पत्थरीको अप्रेसन गर्दा बिरामीको मृत्यु भएपछि डाक्टर फरार

विर्तामोड । अहिले सुचना प्रविधिको युगमा कुनै सिप, प्रविधि, योजना सिक्न टाढा टाढा शहर बजारमा गएर सिक्न नपर्ने भएको नेपालको सवालमा लगभग आधा दशक बितिसक्यो । यसका लागि युट्युब, फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जालमा निशुल्क रुपमा उपलब्ध ट्युटोरियल भिडियोहरु नेपाल, भारतमा केही सिप सिक्ने रहर भएर पनि अवसर नपाएका धेरै मानिसहरुलाई बरदान साबित भएका थिए । तर भारतको बिहारमा युट्युबमा शल्यक्रिया गरेको ट्युटोरियल भिडियो हेर्दै पत्थरीको शल्यक्रिया गर्दा बिरामीको मृत्यु भएपछि कथित एक डाक्टर फरार भएका छन् ।

बिहारको सारण जिल्लाको मढौरामा १५ वर्षीय किशोर कृष्ण कुमार उर्फ गोलु साहलाई पेट दुख्ने र बान्ता हुने समस्यापछि अभिभावकले शुक्रबार राति स्थानीय एक क्लिनिकमा स्वास्थ्य परीक्षणका लागि लगेका थिए ।

पित्त थैलीमा पत्थरी रहेको भन्दै डाक्टरले बालकको अप्रेसन गरेका थिए । यस क्रममा बिरामीको मृत्यु भएपछि डाक्टर फरार भएका छन् ।


भारतीय सञ्चारमाध्यम इकोनोमिक्स टाइम्समा प्रकाशित समाचारमा जनाइए अनुसार मृतकका हजुरबुबाले जनाए अनुसार अजित कुमार पुरी नामको डाक्टरले युट्युबमा ट्युटोरियल भिडियो हेर्दै अप्रेसन गरेका थिए । आफूले डाक्टरलाई यसबारे सोध्दा उल्टै “म यहाँ डाक्टर हुँ कि तपाईं?” भन्दै हप्काएको मृतकका हजुरबुबाले बताएका छन् ।

किशोरको स्वास्थ्य अवस्था नाजुक हुँदै गएपछि डाक्टरले नै एम्बुलेन्स बोलाएर बिरामीलाई पटनातर्फ लगेका थिए । बिरामीका साथ उनकी हजुरआमा पनि गएकी थिइन् । तर बाटोमै किशोरको मृत्यु भएपछि डाक्टर फरार भएको बताइएको छ ।

उक्त घटनाका सम्बन्धमा जानकारी पाएपछि प्रहरीले उक्त क्लिनिकमा छापा मारेको छ । फरार चिकित्सकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
1
514
प्रदीप सिंजाली मगर
प्रदीप सिंजाली मगरhttps://pradipsinjalimagar.wordpress.com/
प्रतिक्रियाको लागि सुर्योदय नगरपालिका वडा नं. १४ इलाममा बस्ने उनलाई इमेल माध्यमबाट [email protected] मा र यहाँ उल्लेखित सामाजिक सञ्जालहरुबाट पनि सम्पर्क गर्न सकिनेछ ।
सम्बन्धित

लोकप्रिय

लोकप्रिय