आज कुशे औँसी पर्व : बाबुको मुख हेर्ने दिन

झापा। आज भाद्र कृष्ण औँसी अर्थात कुशे औँसी पर्व । वैदिक सनातन धर्मावलम्बीले कुशे औँसीका दिन देवकार्य तथा पितृकार्यका लागि आवश्यक मानिने पवित्र कुश घरमा भित्र्याउने गर्दछन् ।

ब्राह्मणले शास्त्रको विधिअनुसार पूजा गरी कुश उखेल्छन् र जजमानको घरमा कहाँ पुर्‍याउँछन् । यसरी पुर्‍याइएको कुश घरमा राख्दा परिवारको कल्याण हुने धार्मिक विश्वास र मान्यता छ ।

अरू दिन उखेलिएको कुश त्यस दिन मात्र उपयोग गर्न सकिने र कुशे औँसीका दिन उखेलिएको कुश भने वर्षभरी प्रयोग गर्न सकिने शास्त्रीय मान्यता छ ।


यसैगरि आजका दिन हिन्दू समुदायमा छोराछोरीले बाबुको मुख हेर्ने समाजिक परम्परा रहेको छ । आज आफ्ना बुबालाई मन पर्ने मिठाई, भोजन खुवाएर उपहार दिँदै सम्मान प्रकट गर्दछन् । बुबा नहुनेले भने पवित्र स्थलमा गएर आफ्ना बुबाको नाममा तर्पण र श्राद्ध गर्दछन् ।

आज काठमाडौँको गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र, रसुवा–नुवाकोट संगमस्थल वेत्रावती लगायतका पवित्र स्थलमा मेला लाग्ने गर्छ । यी पवित्र स्थानहरुमा दिवंगत भएका बुबाको नाममा तर्पण दिने, श्राद्ध गर्ने तथा सिदादान गर्नेहरुको घुइँचो लाग्दछ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
630
सम्बन्धित

लोकप्रिय

लोकप्रिय