२० वर्षीया युवतीले बागमतीमा हामफालिन्

काठमाडौं । ललितपुरको च्यासलस्थित पुलबाट एक युवतीले बागमतीमा हामफालेकी छन् ।

आइतबार बेलुका ७ बजेतिर च्यासलस्थित दोभानको पुलबाट युवती बागमतीमा हामफालेको र खोजी भइरहेको ललितपुरका प्रहरी प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

खोजी गर्नेक्रममा पुलमुनीबाट प्रहरीले रूकुम मुसिकोट घर भई बालकुमारीमा डेरा गरी बस्दै आएकी २० वर्षीया अन्जली शर्मा भन्ने नोट रहेको ब्याग र मोबाइल फेला पारेको छ ।


अन्जली हाल बालकुमारीमा डेरा गरी बस्दै आएकी थिइन् । युवतीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
1
365
सम्बन्धित

लोकप्रिय

लोकप्रिय