‘पशुपंक्षी बास–बगैंचा कार्यक्रम’ अन्तर्गत शान्ति सामुदायिक वनमा वृक्षरोपण

खुदुनाबारी । ‘पशुपंक्षी बास–बगैंचा कार्यक्रम’ अन्तर्गत झापाको अर्जुनधारा नगरपालिका २ स्थित शान्ति सामुदायिक वनमा वृक्षरोपण गरिएको छ ।

सामुदायिक वनको आयोजना, अर्जुनधारा नगरपालिकाको समन्वय र नेपाली सेनाको अरिदमन गण चारालीको सहयोगमा वृक्षरोपण गरिएको हो । वृक्षरोपणका लागि नेपाली सेनाले बिरुवा उपलब्ध गराएको थियो भने, श्रमदानमा समेत सहभागिता जनाएको थियो ।

शान्ति सामुदायिक वन उपभोक्ता समुहको ब्लक १ अन्तर्गत तिनखुट्टे लावर क्षेत्रमा वृक्षरोपण गरिएको सामुदायिक वन समितिका अध्यक्ष खगेन्द्र कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार करिब ३ हेक्टर क्षेत्रफलमा अम्बक, अमला, हर्रो, बर्रो, बेल, जामुन लगायतका ५ सय बिरुवा रोपिएको हो । ‘पशुपंक्षी बास–बगैंचा कार्यक्रम’ अन्तर्गत जगलमा रहेका पशुपंक्षीले जंगलमानै आहार पाउन भन्ने उदेश्यले वृक्षरोपण भएको उहाँले बताउनुभयो ।


अर्जुनधारा नगरपालिकाले ‘पशुपंक्षी बास–बगैंचा कार्यक्रम’ अन्तरगत नेपाली सेनाको अरिदमन गणले उपलब्ध गराएको बिरुवा विभिन्न सामुदायिक वन क्षेत्रमा रोप्दै आएको छ । अर्जुनधारा नगरपालिकाका नगरउपप्रमुख खड्गमा पराजुलीले सामुदायिक वनबाट निस्किने जंगली जनावर तथा चराचुरुङ्गीले आसपासका किसानले लगाएको बालीमा क्षति पुर्याउदै आएकाले सोको न्यूनीकरणका लागि सामुदायिक वनमा पशुपंक्षीमैत्री बिरुवा रोप्ने अभियान शुरु गरिएको बताउनुभयो ।

अर्जुनधारा–२ का वडाध्यक्ष नरेन्द्र कुमार श्रेष्ठले पशुपंक्षी बास–बगैंचा निर्माण गर्दा केहि हदसम्म मानव वन्यजन्तु बिचको द्धन्द अन्त्य हुने बताउनुभयो । उहाँले बिरुवा रोपिएपछि त्यसको संरक्षणमा समेत ध्यान दिन आग्रह गर्नुभयो ।

सामुदायिक वन उपभोक्ता महासंघ झापाका अध्यक्ष वेद प्रसाद भण्डारीले मानिसलाई भन्दाबढी प्रकृतिले वन्यजन्तुलाई अधिकार प्रदान गरेको तर्क गर्नुभयो । उहाँले मानिसलाई विभिन्न कानुनहरुले नियन्त्रण गर्ने तर वन्यजन्तु विश्वका हरेक स्थानमा स्वतन्त्र भएर हिडडुल गर्न पाउने व्यवस्था रहेको भन्दै वन्य जन्तुकै कारण दुर्घटना हुन सक्ने स्थानहरुमा भने सतर्कता अपनाउनु पर्ने बताउनुभयो ।

वृक्षरोपणमा शान्ति सामुदायिक वनकी उपाध्यक्ष लक्ष्मी कन्दंवा, सचिव नरेन्द्र प्रसाद गौतम, सहसचिव प्रेम प्रसाद घिमिरे, कोषाध्यक्ष बिना रोक्का लगायत सामुदायिक वनका कार्यसमिति सदस्यहरुको सहभागिता रहेको थियो । त्यस्तै अरिदमन गणका जम्दार प्रदिप कुँवरको नेतृत्वमा ३० जना सेना सहभागि भएका थिए । वृक्षरोपणमा, शसस्त्र प्रहरी, नेपाल प्रहरी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, वनका पूर्व अध्यक्ष तथा पदाधिकारीहरु र उपभोक्ताहरुको उपस्थिति रहेको थियो ।

वृक्षरोपणअघि भएको औपचारीक कार्यक्रमको संचालन सचिव नरेन्द्र प्रसाद गौतमले गर्नुभएको थियो भने सामुदायिक वनकी उपाध्यक्ष लक्ष्मी कन्दंवा लिम्बूले स्वागत गर्नुभएको थियो ।

अर्जुनधारा नगर क्षेत्रका सामुदायिक वनमा पाँच हजार बिरुवा रोप्ने लक्ष्य राखिएको छ । ‘पशुपंक्षी बास–बगैंचा कार्यक्रम अन्तर्गत यसअघि हचुमासा सामुदायिक वनमा वृक्षरोपण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
420
सम्बन्धित

लोकप्रिय

लोकप्रिय