एन्फा महिला लिग आजबाट सुरु, कोशीको सान्दार विजयी सुरुवात

काठमाडौं । कोशी प्रदेशले एन्फा महिला लिगमा विजयी सुरुवात गरेको छ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा आइतबार भएको उद्घाटन खेलमा स्याङ्जाको वालिङ नगरपालिकालाई ४-० ले हराउँदै लिगमा सुखद सुरुवात गरेको हो।

सानुमाया तामाङको गोलबाट अग्रता लिएको कोशीका लागि समिक्षा मगरले २ र प्रतिक्षा राईको नाममा एक गोल रह्यो। सानुमायाले १०औं मिनेटमा गोल गरेकी हुन् । थप‌ ३ गोल दोस्रो हाफ भएको थियो।


समिक्षाले ५१ र ५९औं मिनेटमा गोल गर्दा टोलीको अग्रता ३-० भएको थियो। प्रतिक्षाले ६८औं मिनेटमा गोल गरेकी थिइन्। अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना सुरु भएको लिगमा १० टोलीको सहभागिता रहेको छ।

पहिलो चरणमा सबै टोलीले एकअर्काको सामना गर्नेछन् । लिगमा सोमबार सुदूरपश्चिम प्रदेश र बागमती युवा क्लबबीच  खेल हुनेछ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
285
सम्बन्धित

लोकप्रिय

लोकप्रिय