प्रकाश मोक्तानलाई प्रशासनले घरैमा पुगेर दियो नागरिकता

काठमाडौँ । ‘हेर्ने कथा’ले सार्वजनिक गरेको ‘हराएका वर्षहरू’का प्रकाश मोक्तानले नागरिकता पाएका छन्।

प्रकाशको वास्तविक जीवनको कथा सार्वजनिक भएसँगै उनको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले चासो देखाएका थिए। ओलीको पहलमा उनको सचिवालयले ‘हेर्ने कथा’की विद्या चापागाईंलाई सम्पर्क गरेको थियो।

प्रकाशको नागरिकता बनाउने र आवश्यक थप सहयोग गर्ने ‍विषयमा तत्कालीन गृहसचिव एकनारायण अर्याल र चापागाईंकाबीच कुराकानी भएको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।


ओलीको निर्देशनअनुसार अर्यालले सम्बन्धित प्रशासनलाई नागरिकता दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाएका थिए।

आइतबार प्रकाशलाई घरमै पुगरेर इलाका प्रशासन कार्यालय, दिङ्लाको टोलीले नागरिकता प्रदान गरेको हो।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
165
सम्बन्धित

लोकप्रिय

लोकप्रिय