विकास भएकै छैन, बदलिएकै छैन भन्ने भाष्य तयार गरिदै छ : सांसद साँवा

शिवसताक्षी । झापा क्षेत्र नं. ४ का संघीय सांसद एलपी साँवा लिम्बुले शिवसताक्षीको दक्षिणी क्षेत्रमा भएका सडकहरु धेरै कालो पत्रे भएको बताएका छन् ।

उनले शिवसताक्षीको रङ्याथान बजारमा तीज कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा हिजो कालो पत्रे सडक हेर्न कै लागि पुर्व पश्चिम लोकमार्ग जानु पर्ने बाध्यता थियो । तर आज त्यस्तो नभएको बताएका हुन् ।

कुनै बेला भन्ने गरिन्थ्यो पाँचगाछी भनेको हेपिएको ठाउँ हो, विकास नभएको ठाउँ हो । तर हाल संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले यहाँका बाटाहरु कालो पत्रे गरेका छन् । केही सामाजिक सञ्चालनहरुमा प्रयोजित तरिकाले विकास भएन, बदलिएन भन्ने भास्य निर्माण गरिदै छ । यो जनतामा भम्र छर्ने काम मात्र हो । उनले भने, हामीले बोलेर होइन तपाईको अगाडी कामले प्रमाणित गर्छौ ।


रंङ्याथानदेखि कनकाई पारी सुँगाबथान जोड्ने झोलुङेपुलको सबै प्रकृया पुरा भएको उनले बताए । विगतमा सरकार तलमाथि हुँदा योजना केही अलमलमा परेको थियो । अब कार्यान्वयनको प्रक्रियामा छ ।

यहाँको जटिल समस्या भनेको नदि कटान हो । उनले भने, शिवगञ्ज बजार उत्तर कनकाई नदिको तटबन्धन भएको छ । हाल शिवगञ्ज बजारदेखि मदगाछ जोड्ने गरी पुल निर्माण हुँदैछ । अब शिवसतक्षीको वडा ४ मा पर्ने नदि कटान नियन्त्रणका काम बाँकी छ । यो काम पुरा भएपछि नदि कटान नियन्त्रणको काम पूण रुपमा पुरा हुनेछ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
160
सम्बन्धित

लोकप्रिय

लोकप्रिय