झापाको कनकाईमा कुखुरा र बंगुर फर्ममा आगलागी

बिर्तामोड । झापाको कनकाईमा कुखुरा र बंगुर फर्ममा आगलागी झापाको कन्काई नगरपालिका ३ एकान्त टोलमा रहेको कुखुरा र बंगुर फर्ममा आगलागी भएको छ ।

गएराति ११.४५ बजेतिर विद्युत सर्ट भई सूर्य चौलागाँईले संचालन गरेको कुखुरा र बंगुर फर्ममा आगलागी भएको हो ।

आगलागीबाट काठको बेरा र टिनको छाना भएको फार्मको काठपात, कुखुराको दाना, दाना बनाउने दुईवटा मेशिन, १० वटा कुखुराको माउ र चल्ला गरी करिव ३ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
150
सम्बन्धित

लोकप्रिय

लोकप्रिय