फलोअप : नेपाली भाषालाई सिक्किम सरकारले प्राथमिकतामा राखेसँगै विभिन्न क्षेत्रहरुबाट स्वागत

सुर्योदय, इलाम । पूर्वी नेपालसँग सिमाना जोडिएको नेपाली भाषी बाहुल्य रहेको भारतको सिक्किम राज्यमा अंग्रेजी भाषा सरह मान्यता दिदै नेपाली भाषालाई प्रचलनमा यहि भाद्र ०५ गते (2024/08/21) देखि ल्याएपछि विभिन्न क्षेत्रहरुबाट उक्त कार्यको स्वागत गरिएको छ ।

भारतमा क्रियाशिल रहेका नेपाली भाषासँग सम्बन्धित विभिन्न क्षेत्रहरुबाट उक्त कार्यको स्वागत गरिएको स्वागत घोषणाहरुमा प्रायजसो सिक्किमको मुख्यमन्त्री प्रेमसिंह तामाङ गोले र सिक्किम सरकारको प्रशंसा गरिएको छ ।

उक्त घोषणालाई भारतमा रहेका नेपाली भाषाको पत्रिकाहरुले प्राथमिकता साथ समाचार प्रकाशन गरेका छन् ।


भारतमा रहेको नेपाली भाषाको पत्रिकाहरुमा प्रकाशित समाचारहरु :

पश्चिम बंगालको सिलिगुडीबाट प्रकाशित हिमालयन दर्पण दैनिकको भाद्र ६ गतेको अंकमा प्रकाशित समाचार

पश्चिम बंगालको सिलिगुडीबाट प्रकाशित हिमालयन दर्पण दैनिकको भाद्र ६ गतेको अंकमा बचनको पक्का मानिने सिक्किमको मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले ३३ औं नेपाली भाषा मान्यता दिवसको अवसरमा नेपाली भाषालाई अंग्रेजी भाषा सरह प्रयोगमा ल्याउने घोषणा गरेको २४ घण्टा नबित्दै बचन पुरा गरेको समाचार मुख्य पृष्ठमा प्राथमिकताका साथ छापेको छ । [1]

पश्चिम बंगालको सिलिगुडीबाट प्रकाशित हिमालयन दर्पण दैनिकको भाद्र ६ गतेको अंकको प्रथम पृष्ठ

सिक्किमको गान्टोक र तेजपुर, आसामबाट प्रकाशित हुने हाम्रो प्रजाशक्ति दैनिकको सिक्किम संस्करणमा सिक्किमको मुख्यमन्त्री गोलेको घोषणा अनुरुप नेपाली भाषमा अधिसुचना जारी गर्ने प्रक्रिया सुरुभएको भन्दै भाद्र ६ गतेको अंकको प्रथम पृष्ठमा समाचार प्रकाशित गरेको छ । [2]

सिक्किमको गान्टोक र तेजपुर, आसामबाट प्रकाशित हुने हाम्रो प्रजाशक्ति दैनिकको सिक्किम संस्करणको भदौ २२ गतेको अंकको प्रथम पृष्ठ

सिक्किमको गान्टोकबाट प्रकाशित हुने हिमाली बेला दैनिकले सिक्किमको मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले ३३ औं नेपाली भाषा मान्यता दिवसको अवसरमा नेपाली भाषालाई अंग्रेजी भाषा सरह प्रयोगमा ल्याउने घोषणासँगै सिक्किम सरकारको गृहविभागले अधिसुचना जारी गर्ने प्रक्रिया सुरु गरेको भाद्र ६ गतेको अंकको समाचारमा छ । [3]

सिक्किमको गान्टोकबाट प्रकाशित हुने हिमाली बेला दैनिकले सिक्किमको भाद्र ६ गतेको अंकको समाचार

भारतमा रहेको अंग्रेजी भाषाको पत्रिका तथा अनलाइनहरुमा प्रकाशित समाचारहरु :

सिक्किमको गान्टोकबाट प्रकाशित हुने अंग्रेजी भाषाको सिक्किम एक्सप्रेसले नेपाली भाषाको संरक्षण र प्रगतिको लागि ऐतिहासिक कदम भन्दै सिक्किम राज्यको सबै सुचना र राजपत्रहरु नेपाली र अंग्रेजी गरि दुवै भाषामा प्रकाशित हुने भाद्र ६ गतेको अंकको प्रथम पृष्ठमा महत्वका साथ समाचार प्रकाशित गरेको छ ।[4]

सिक्किमको गान्टोकबाट प्रकाशित हुने अंग्रेजी भाषाको सिक्किम एक्सप्रेसको भदौ २२ गतेको अंकको प्रथम पृष्ठ
 

सिक्किम सरकारका सबै सरकारी आदेशका लागि नेपाली बनाउने शिर्षकमा सिक्किम सरकारले बुधवार एक अधिसूचना जारी गर्दै सबै आधिकारिक अधिसूचनाहरू र राजपत्रहरू अङ्ग्रेजीसँगै नेपालीमा प्रकाशित गरिने बताएको छ। यसअघि हिमाली राज्यमा अङ्ग्रेजीमा मात्रै सूचना तथा राजपत्र प्रकाशित हुने गरेको थियो भनेर अंग्रेजी भाषाको द टेलिग्राफले अनलाईन संस्करणमा लेखेको छ ।[5]

त्यस्तै, सिक्किमले सबै सरकारी अधिसूचनाहरू नेपाली र अंग्रेजी भाषामा प्रकाशित गर्ने सिक्किम सरकारले बुधवार, अगस्ट २१ बाट सबै राजपत्र र अधिसूचनाहरूमा अंग्रेजीको साथमा नेपालीलाई आधिकारिक भाषाको रूपमा प्रयोग गर्न थालेको छ, भनेर इण्डिया टुडेको उत्तरपुर्व संस्करण ,नर्थ इष्ट टुडे डटकमद आसाम ट्रिब्युन लगायत सञ्चारमाध्यमहरुले आफ्नो अनलाईन संस्करणहरुमा लेखेका छन् । [6], [7], [8]

३३ औं नेपाली भाषा मान्यता दिवसको अवसरमा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले नेपालीको हैसियत उचाल्ने र राज्यभित्र र बाहिर यसको व्यापक प्रयोग सुनिश्चित गर्ने उद्देश्यले विभिन्न पहलहरूको घोषणा गरेका छन्। भाषा नीति कार्यान्वयनमा गम्भीर खाडल रहेको मुख्यमन्त्रीले बताएको र सिक्किमले सबै सरकारी अधिसूचनाहरू नेपालीमा जारी गर्ने जानकारी दिएको नर्थइष्ट लाईभ टिभी डटकमनर्थइष्ट मोनिटर डटकमले जनाएको छ । [9], [10]

सिक्किम सरकारले सबै सूचनाहरू नेपाली, अंग्रेजीमा प्रकाशित गर्ने शिर्षकमा सिक्किम सरकारले आफ्ना सबै राजपत्र र अधिसूचनाहरूमा अंग्रेजी बाहेक नेपालीलाई आधिकारिक भाषाको रूपमा प्रयोग गर्न थालेको छ। नेपाली भाषा मान्यता दिवसका अवसरमा मंगलबार यहाँ आयोजित कार्यक्रममा मुख्यमन्त्री पीएस तामाङले यस्तो घोषणा गरेका हुन् । एक अधिसूचनामा, राज्य सरकारले सिक्किम आधिकारिक भाषा अधिनियम, १९७७ ले नेपालीलाई राज्यको आधिकारिक भाषाहरूको रूपमा मान्यता दिएको छ, न्युज एजेन्सी प्रेस ट्रष्ट अफ इण्डियाले अनलाइनमा ले विभिन्न सञ्चारमाध्यमलाई वितरण गर्ने समाचारमा लेखेको छ । [11]

न्युज एजेन्सी प्रेस ट्रष्ट अफ इण्डियाले अनलाइनमा ले विभिन्न सञ्चारमाध्यमलाई वितरण गरेको समाचारलाई विभिन्न इ-भारत डटकम, द विक म्यागजिन लगायत सञ्चारमाध्महरुले आफ्नो अनलाईनमा प्रकाशित गरेको छ । [12] , [13] , [14]

नेपालमा रहेको नेपाली भाषाको अनलाइनहरुमा प्रकाशित समाचारहरु :

सिक्किम सरकारको नेपाली भाषालाई अंग्रेजी सरह मान्यता दिने घोषणालाई नेपालमा रहेका नेपाल प्रेस डटकम, खबरखेती डटकम, प्रशासन डटकम, नेपाल भ्युज डटकम, इ-हिमालय टाइम्स डटकम, खबर डबली डटकम, महेन्द्रनगर पोष्ट डटकम लगायत नेपाली भाषाको अनलाइनहरुले पनि समाचार प्रकाशन गरेका छन् । [15] , [16] , [17] , [17] , [19] , [20] , [21]

भारतमा रहेका नेपाली भाषी व्यक्ति तथा संघसंस्थाहरुले जारी गरेका विज्ञप्तीहरु :

नेपाली साहित्य परिषद्को प्रेस विज्ञप्ति

 

नेपाली साहित्य परिषद्, सिक्किमद्वारा आयोजित २० अगस्त,२०२४ का दिन सम्पन्न भएको ३३ औँ नेपाली भाषा मान्यता दिवस समारोहमा सम्माननीय मुख्यमन्त्री महोदयले आफ्नो सम्बोधनमा अबदेखि कुनै पनि आधिकारिक अधिसूचना र राजपत्रहरू अङ्ग्रेजी सँगसँगै नेपाली भाषामा पनि प्रकाशित गरिने घोषणा गर्नु भएको थियो।
सम्माननीय मुख्यमन्त्री महोदयले गर्नु भएको उक्त घोषणालाई प्रशासनले २१ अगस्त,२०२४ का दिन नै नेपाली भाषामा नै अधिसूचना जारी गरी तत्काल लागू भएको सर्वसाधारणमा अधिसूचित गरिएकोमा नेपाली साहित्य परिषद्, सिक्किम गर्वबोध गर्दै सम्माननीय मुख्यमन्त्री महोदय तथा सिक्किम सरकारप्रति कृतज्ञताका साथ हार्दिक आभार प्रकट गर्दछ ।
वर्तमान सिक्किम सरकारको २० अगस्तको सरकारी विदाको घोषणापछि यो अर्को महत्वपूर्ण घोषणाले नेपाली भाषाको विकास, संरक्षण एवम् संवर्द्धनमा एउटा नयाँ अध्यायको शुरुआत् भएको परिषद् अनुभव गर्दछ ।

 

प्रेषक,
नीलम न्यौपाने
महासचिव

नेपाली साहित्य परिषद्  [22] , [23]

सिक्किम क्रोनिकल डटकमको फेसबुक पेजमा प्रकाशित नेपाली साहित्य परिषद्को प्रेस विज्ञप्ति

प्रेस क्लब अफ् सिक्किमको प्रेस विज्ञप्ति

 

नेपालीमा सरकारी अधिसूचनाः मुख्यमन्त्रीप्रति प्रेस क्लब आभारी

 

३३ औँ नेपाली भाषा मान्यता दिवसको अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङद्वारा अबउसो सरकारी अधिसूचना र राजपत्रहरू अङ्ग्रेजीसँगै नेपाली भाषामा पनि जारी गरिने भनी घोषणा गरिएको २४ घण्टा नबित्दै उक्त घोषणा कार्यान्वयनमा आएकोमा प्रेस क्लब अफ् सिक्किम हर्ष व्यक्त गर्दै मुख्यमन्त्री एवम् सिक्किम सरकारप्रति हार्दिक आभार एवम् कृतज्ञता प्रकट गर्दछ।
नेपाली भाषा मान्यतालाई व्यवहारमा ल्याउने दिशामा यो एउटा ऐतिहासिक पहल भएको हामीले अनुभव गरेका छौँ। भाषा मान्यता दिवसको भोलिपल्टै सरकारद्वारा नेपाली भाषामा अधिसूचना जारी गरिनुले भाषाको विकास र समृद्धिप्रति सरकारको गम्भीर एवम् सकारात्मक पहललाई दर्शाएको छ। यस ऐतिहासिक निर्णयले नेपाली पत्रकारितालाई पनि ठुलो टेवा पुग्ने कुरामा हामी विश्वस्त छौँ।
मुख्यमन्त्री प्रेमसिंह तामाङले भाषा मान्यता दिवसलाई सरकारी विदाको रूपमा घोषणा गरेपछिको यो दोस्रो महत्त्वपूर्ण घोषणा भएको छ। सरकारको यस प्रकारको निर्णयको स्वागत जनाउँदै कृतज्ञता प्रकट गर्दछ।

 

डीआर दुलाल
महासचिव
प्रेस क्लब अफ् सिक्किम  [24] , [25]

प्रेस क्लब अफ् सिक्किमको लोगो
प्रेस विज्ञप्ति | सिक्किम एकेडेमी
 
गत २० अगस्त, २०२४ को दिन गान्तोकको मनन केन्द्रमा नेपाली साहित्य परिषदद्वारा आयोजित ३३ औं नेपाली भाषा मान्यता दिवस पालन गरियो। उक्त अवसरमा कञ्चनजङ्घा सिक्किम विश्वविद्यालयका सहायक प्राध्यापक डा. कृष्ण सापकोटाले आफ्नो वार्तामा नेपाली भाषाको मान्यता, विकास, सम्वर्द्धन आदिको चर्चा गर्दै सरकारद्वारा जारी गरिने अधिसूचना, राजपत्र, पत्र-पत्रिकामा दिइने विज्ञापन जस्ता विषयलाई नेपाली भाषामा पनि जारी गरिनु पर्ने माग सरकार समक्ष राखेका थिए।
यसै सन्दर्भमा सम्माननीय मुख्यमन्त्री श्री प्रेमसिहं तामाङले आफ्नो सम्बोधनमा उपर्युक्त माग बारे एक सप्ताहभित्रमा अधिसूचना जारी गर्ने वचन दिनु भएको थियो। तर त्यस घोषणाको चौविस घण्टा नबित्दै सिक्किम सरकारको गृह विभागद्वारा मुख्य सचिवको हस्ताक्षरमा अधिसूचना २१ अगस्त, २०२४ को दिन जारी गरियो। मुख्यमन्त्री महोदयको यस कदमले नेपाली जाति मात्र नभएर विश्वव्यापी समस्त नेपाली भाषी गौरवान्वित भएका छन् । सरकारको यस उपरोक्त प्रशंसनीय कदमप्रति सिक्किम अकादेमी सम्माननीय मुख्यमन्त्री महोदयलाई सम्पूर्ण नेपाली भाषीहरूको पक्षमा आभार प्रकट गर्दछ।
सिक्किममा यदि सबैको सोच मुख्यमन्त्री महोदयको जस्तै छिटो काम गर्ने हुनु हो भने उहाँकै उदगार सुनौलो सिक्किम, समृद्ध सिक्किम बन्न धेरै समय लाग्ने छैन । पुनश्चः मुख्यमन्त्री महोदयलाई हार्दिक बधाई एवं धन्यवाद।
 
सिक्किम एकेडेमी
गान्तोक, सिक्किम [26]
सिक्किम एकेडेमीजारी गरिएको प्रेस विज्ञप्ती

वर्ष २०२४ नेपाली भाषाको निम्ति कोशेढुङ्गा : चिया कविता

गान्तोक, २३ अगस्त : नेपाली भाषा मान्यताको इतिहासमा वर्ष २०२४ एउटा ऐतिहासिक माइलखुट्टीका रूपमा अंकित भएको छ। सन् १९५६ मा देहरादुनबाट आनन्दसिंह थापाको अगुवाइमा शुरू भएको भाषा मान्यताको आन्दोलनले ३६ वर्षपछि सन् १९९२ मा संवैधानिक मान्यता पाएको हो। संवैधानिक मान्यता पाएको ३३ औँ वर्ष टेक्दा सिक्किमले यसको समृद्धि र विकासमा नयाँ कोशेढुङ्गा स्थापित गरेको छ।
सिक्किम सरकारले सरकारी अधिसूचना, राजपत्र र सरकारी विज्ञप्तिहरू नेपाली भाषामा पनि जारी गर्ने घोषणा गर्दै तत्काल कार्यान्वयनमा ल्याएपछि सम्पूर्ण नेपालीभाषीहरूका निम्ति यो ऐतिहासिक सुखद् घटनाक्रम बनेको छ। १९५६ मा आनन्दसिंह थापा अनि १९९२ मा नरबहादुर भण्डारीपछि २०२४ मा प्रेमसिंह तामाङले भाषा मान्यताको संवैधानिक अधिकारलाई व्यवहारमा ल्याउने सहास गरेका छन्।
चिया कविता सिक्किम मुख्यमन्त्री प्रेमसिंह तामाङको यस निर्णयप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछ। यस प्रकारको ऐतिहासिक निर्णयले नेपाली भाषाको श्रीवृद्धिमा ठुलो टेवा पुग्ने कुरामा हामी विश्वस्त छौँ। सरकारले चालेको यस ऐतिहासिक कदमलाई सरकारी कामकाजका जिम्मेवारपक्ष, भाषा साहित्यसित आबद्ध संघ(संस्था र व्यक्तिविशेषले हैंसेमा होस्टे दिए मात्र सफल हुनेछ। आम नेपालीभाषीहरूले पनि यसलाई अवसर र उपलब्धिका रूपमा लिएर धेरैभन्दा धेरै नेपाली भाषालाई प्रयोगमा ल्याउन आवश्यक रहेको छ ।

 

प्रवीण खालिङ
मुख्य संयोजक
चिया कविता [27]

२०१४ डिसेम्बर २५ मा स्थापना भएको चिया कविताको लोगो
 
 
प्रेस विज्ञप्ति
 
गत २० अगस्टको दिन मुख्यमन्त्री प्रेमसिंह तामाङले ३३औँ नेपाली भाषा मान्यता दिवसको अवसरमा घोषणा गरेअनुसार अबदेखि सबै सरकारी अधिसूचना अनि राजपत्र (Gazette) आदि अङ्ग्रेजी भाषासँगै नेपाली भाषामा पनि प्रकाशित गरिने छ। यसको अधिसूचना पनि जारी भइसकेको छ भने नेपाली भाषामा सरकारी अधिसूचना पनि प्रकाशित हुन थालिसकेको छ। नेपाली भाषाको विकासका लागि वर्तमान सरकार अनि मुख्यमन्त्री प्रेमसिंह तामाङले लिनुभएको यो निर्णय ऐतिहासिक निर्णय हो। यसलाई हार्दिक स्वागत जनाउँदै हामी सिक्किम सरकार र मुख्यमन्त्रीप्रति कृतज्ञता व्यक्त गर्दछौँ। कुनै पनि भाषाले त्यो समुदायको संस्कृति, सम्पदा, सामुहिक चेतना र ज्ञानको भण्डारको संरक्षण गर्दछ। यसैले भाषाको विकासका लागि समयअनुसार नयाँ-नयाँ प्रयोगात्मक पहलहरू अघि बढाउन अनिवार्य हुनेगर्छ। हामीले पनि काव्य कला कुञ्जको कार्यक्रममार्फत हाम्रो भाषा, साहित्य, संस्कृति र कलाको संरक्षण र विकासको उद्देश्यलाई प्राथमिकतामा राखेका छौँ। यसैले सिक्किम सरकार तथा मुख्यमन्त्रीले लिनुभएको यस ऐतिहासिक निर्णयलाई लिएर हामी अत्यन्तै हर्षित छौँ। यस कदमले अवश्य नै नेपाली भाषाको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्नेमा हामी पूर्ण विश्वास व्यक्त गर्दछौँ। काव्य कला कुञ्जको आयोजना समितिको पक्षबाट यस ऐतिहासिक पहलका निम्ति पुनः एकपटक सिक्किम सरकार र मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछौँ।
 
प्रबल राई
प्रचार सचिव
काव्य कला कुञ्ज [28]
काव्य कला कुञ्जको लोगो
PRESS RELEASE | Doctorates’ Association of Sikkim (DAS)
 
At the nutshell, we on behalf of Doctorates’ Association of Sikkim (DAS) place our heartiest greetings and our organizational salute to entire folk of our very own state Sikkim. The DAS is an outfit of intellectual community of Sikkim which believes in the progressive actions and execution. Proportionate to its nature of existence and organizational ethics, it adheres determination of involvement in state and national making process with the myriad intellectual outputs. In this approach, it sharply believes in pro-people and pro-land policies i.e., Sunaulo Sikkim, Smriddha Sikkim envisioned by our India’s most popular Chief Minister, Shreeman Prem Singh Tamang (Golay). We appreciate your efforts to constitute a peaceful, progressive and congenial Sikkim. Herewith, we place our gratitude and congratulations on propitious state of affairs that you raise state on topper ladder of name and fame with accomplishment of title of the most popular Chief Minister of India rated through a noble research Mood of the Nation executed by India Today Group, a prestigious media house of the country. Concomitantly, we expand and extend our sincere gratitude and score of appreciation to your decent decision of publishing all official notification and Gazettes in Sikkim in Nepali alongside English languages to make the same lucidly as well as comfortably access to the common mass of the state at par the spirit of the constitution of country. Apparently, we acknowledge and appreciate your genial commitment and actions to modernize as well as augment all round educational environments in state from fundamental base to advance or relatively higher institutions. In this regards, the announcement of Atma Nirbhar Research and Training Institute of Sikkim, Apatan fellowship, appointment and regularization of teachers in various positions and construction of the campus of Khangchendzonga State University and are few among many other. With above acknowledgement and score of appreciation DAS reiterates its optimism in relation to a developed, prosperous and peaceful Sikkim with the prevalence of joy, unity and tranquility under your envisioned Parikalpanako Sikkim.
 
With Thankfulness and Best Wishes.
Dr. Neeraj Adhikari                       
President                                      
Dr. Mingma T. Sherpa
General Secretary[29]
डक्टरेटस एसोसिएसन अफ सिक्किम (DAS) को तर्फबाट जारी गरिएको प्रेस विज्ञप्ती

सिक्किममा रहेका जातीय संगठनहरुले  जारी गरेका विज्ञप्तीहरु :

अखिल सिक्किम अनुसुचित जाति कल्याण संघले जारी गरेका विज्ञप्ति [30]
अखिल सिक्किम खस क्षेत्री बाहुन कल्याण संघले जारी गरेका विज्ञप्ति [31]
गुरुङ एसोसिएसन अफ सिक्किमले जारी गरेका विज्ञप्ति [32]

सिक्किममा रहेका राजनैतिक पार्टीहरुको स्वागत विज्ञप्ती तर पूर्व मुख्यमन्त्री चाम्लिङ भने मौन

सिक्किम सरकारको नेपाली भाषालाई अंग्रेजी सरह मान्यता दिने घोषणालाई वर्तमान मुख्यमन्त्री प्रेम सिंह तामाङ गोलेको पार्टी सिक्किम क्रान्तिकारी मोर्चा प्रचाररप्रसार शाखाले एक प्रेस विज्ञप्ति जारी गर्दै स्वागत गरेको छ ।[33]

प्रेस विज्ञप्ति 
सिक्किम क्रान्तिकारी मोर्चा
०८-२२-२०२४
 
सिक्किम सरकारद्वारा अबोप्रान्त सरकारी अघिसूचना र राजपत्रहरू नेपाली भाषामा पनि जारी गरिने प्रक्रिया २१ अगस्त, २०२४ बाट शुरु गरिएको छ, जसको निम्ति सिक्किम क्रान्तिकारी मोर्चा पार्टी यस निर्णयलाई हार्दिक स्वागत जनाउँदछ।
सम्माननीय मुख्यमन्त्री श्री प्रेमसिंह तामाङ गोलेले ३३औँ नेपाली भाषा मान्यता दिवस समारोहको अवसरमा यस सम्बन्धी घोषणा गर्नुभएको थियो भने राज्य प्रशासनले सम्माननीय मुख्यमन्त्रीको घोषणालाई २४ घण्टा नबित्दै कार्यान्वयनमा ल्याएको छ। जसको निम्ति सिक्किम क्रान्तिकारी मोर्चा पार्टी सम्माननीय मुख्यमन्त्री श्री प्रेमसिंह तामाङ गोले अनि सिक्किम सरकारप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछ।
देशको संविधानको आठौँ अनुसूचीमा समावेश भएको नेपाली भाषाको अझ धेरै विकास, समृद्धि र संरक्षणमा यस प्रक्रियाले धेरै टेवा दिनेछ। सिक्किममा भोटिया, लेप्चा, नेपाली, पुराना व्यापारी लगायत सबै जनमानसद्वारा व्यावहारिक रूपमा प्रयोग गरिने नेपाली भाषाले सरकारी आदेश, अधिसूचना र राजपत्रमा ठाउँ पाउनु नेपालीभाषीको मात्र नभएर सम्पूर्ण सिक्किमवासीको निम्ति गौरवपूर्ण कुरा हो। वर्तमान सिक्किम सरकार एवं सम्माननीय मुख्यमन्त्री श्री प्रेमसिंह तामाङ गोलेको परिकल्पनामा भाषा, साहित्य, पत्रकारिता अनि शिक्षा जस्ता क्षेत्रको विकासमा धेरै उल्लेखनीय काम भएको सबैलाई विदित छ। सरकारले अघिबाटै भाषाको विकास र उन्नतिलाई लक्ष्य गरेर ‘अपतन फेलोशिप योजना’- लाई कार्यान्वयनमा ल्याएको छ जुन योजनामार्फत् क्षेत्रीय भाषामा विद्यावारिधि गर्न चाहने आकांक्षीलाई सरकारको तर्फबाट पूर्ण आर्थिक सहयोग प्रदान गर्दै आएको छ। वर्तमान सरकारले साहित्य लेखनतर्फ लेखकहरूलाई प्रोत्साहित गर्दै कुनै पनि भाषा र विधामा लेखिएका पुस्तकहरू प्रकाशित गर्न नसके सरकारकै पूर्ण खर्चमा प्रकाशित गरी साहित्य समाजलाई सुम्पने मुख्यमन्त्री आफ्नो सम्बोधनहरूमा बताउँदै आउनुभएको छ। यसैगरी सिक्किमका पत्रकाहरूको हितमा सम्माननीय मुख्यमन्त्रीले विज्ञापन दरको बढ़ोत्तरी, वार्षिक रूपमा प्रदान गरिने विज्ञापन संख्यालाई ७ बाट बढ़ाएर ११ बनाउने जस्ता निर्णयलाई कार्यरूपमा परिणत गर्ने काम गर्नुभएको छ।
नेपाली भाषा सिक्किमेली आम मानिसको निम्ति सहज अनि सरल प्रकारले बुझ्ने भाषा भएकोले सरकारी अधिसूचना र राजपत्र नेपाली भाषामा जारी गरिनु आम जनताले सरकारकाद्वारा भनिएका कुरा सहज रूपमा बुझ्नसक्ने माहौल स्थापित हुनु हो। यो पहल सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको तर्फबाट हार्दिक स्वागत जनाउँदै सम्माननीय मुख्यमन्त्री अनि सिक्किम सरकारप्रति पार्टी कृतकृत्य रहेको जनाउँदछ।
 
प्रचार-प्रसार शाखा
सिक्किम क्रान्तिकारी मोर्चा

सिटिजन एक्सन पार्टी (सिक्किम) को महासचिव (प्रचार प्रसार) हेमराज अधिकारीले जारी गरेको विज्ञप्तीमा उक्त घोषणालाई सकारात्मक रुपमा लिएको छ ।

प्रेस विज्ञप्ति
 
नेपाली भाषा मान्यताको ३३ औं वर्ष पछि सिक्किम राज्य सरकारले नेपाली भाषामा सरकारी अधिसूचना जारी गर्ने निर्णय गर्नु राम्रो कुरा हो। नेपाली भाषा भारतको संविधानको आठौं अनुसूचीमा अन्तरभुक्त भई राष्ट्रिय भाषाको मान्यता प्राप्त गरिसकेको भाषा हो। तर ३३ वर्षको लामो समयसम्म पनि नेपाली भाषाको विस्तारमा अपेक्षित काम नभएको अवस्थामा राज्य सरकारको यो पहल उदाहरणीय छ भन्ने सिटिजन एक्सन पार्टी-सिक्किम मान्दछ। स्पष्ट छ भाषाको विकास र विस्तार सुनिश्चित भाषाको व्यापक प्रयोगले गर्दछ। यसमा राज्य सरकारको यो पहललाई सिटिजन एक्सन पार्टी-सिक्किम सकारात्मक ढङ्गले हेर्दछ। तर केवल सरकारी अधिसूचना नेपाली भाषामा प्रकाशित गरेर मात्र पुग्दैन। सरकारको यस कदमले सिक्किमका युवा विद्यार्थी तथा सम्पूर्ण सिक्किमेली समाजले फाइदा पाउनु पर्छ। मूल रूपमा राज्य लोक सेवा आयोग (SPSC) -को निम्ति परिक्षार्थीहरूले नेपाली भाषामा प्रश्न पत्र र उत्तर लेख्ने व्यवस्या सुनिश्चित गरिनुपर्छ। अर्को कुरा अंग्रेजी वा हिन्दी भाषाको अधिसूचना कृत्रिम बुद्धिमत्ता (AI) -को मदतबाट अनुवाद नगरेर अनुवादको निम्ति नेपाली भाषा विदहरूलाई प्रत्येक विभागमा नियुक्ति गर्ने नियमलाई सुनिश्चित गर्नुपर्छ भन्ने सिटिजन एक्सन पार्टी-सिक्किम सशक्त माग यसै विज्ञप्तिमार्फत राख्दछ। राज्यका अन्य भाषाहरू जो राज्यस्तरमा मान्यता प्राप्त छन् ती भाषाहरूको संरक्षण र समवर्दनको निम्ति पनि सरकारले प्रभावकारी कदम चाल्नु पर्छ भनि पार्टी अड़ान राख्दछ। यसका साथै राज्यमा कुनै पनि संघ-संस्था दर्ता गर्नुपर्ने हुँदा ती संस्थाको (Bye Laws) संविधान नेपाली भाषामा लेखिएकालाई सम्बन्धित विभागले स्वीकार गर्नुपर्ने छ, यसले गर्दा नेपाली भाषा हाम्रो मातृ भाषा मात्र नभएर राष्ट्रिय भाषा हो भन्ने अनुभूती हुनेछ।
 
हेमराज अधिकारी
महासचिव (प्रचार प्रसार )
सिटिजन एक्सन पार्टी – सिक्किम [34]
हेमराज अधिकारीले जारी गर्नुभएको सिटिजन एक्सन पार्टी (सिक्किम) को विज्ञप्ती
तर उता सिक्किमको पाँचौ मुख्यमन्त्रीको रुपमा सन् १९९४ डिसेम्बर १११२ देखि २०१९ मे २६ सम्म लगातार २४ बर्ष १६५ दिन कार्यभार सम्हालेर भारतको सबैभन्दा लामो कार्यकाल मुख्यमन्त्री भएको रेकर्ड बनाउने निवर्तमान मुख्यमन्त्री पवन चाम्लिङको [35] पार्टी सिक्किम डेमोक्रेटिक फ्रन्टले भने सामाजिक सञ्जालहरुमा कुनै प्रतिक्रिया यो सामाग्री तयार पार्दासम्म दिएको छैन । सिक्किम डेमोक्रेटिक फ्रन्टको प्रमुख नेता समेत रहेका चाम्लिङले भने ३३ औं नेपाली भाषा मान्यता दिवस अवसरमा फेसबुक पेजमा अवसरमा आऊँ हामी सङ्कल्प गरौं – नेपाली भाषाको प्रयोगलाई तीव्रता र व्यापकता प्रदान गरौं अनि तीव्र गतिमा परिवर्तनशील दुनियाँमा नेपाली भाषालाई प्रासङ्गिक र सार्थक बनाइराख्न यसको प्रयोगलाई प्राथमिकता र व्यापकता प्रदान गरौंभन्दै एक विज्ञप्ति जारी गरेका छन भने सिक्किम डेमोक्रेटिक फ्रन्टको फेसबुक पेजले उक्त विज्ञप्तिलाई सेयर गरेको छ । [36]
 
३३ औं नेपाली भाषा मान्यता दिवसको हार्दिक शुभकामना
भारतीय संविधानको आठौं अनुसूचीमा नेपाली भाषाले मान्यता प्राप्त गरेको ३३औं वर्षगाँठको अवसरमा भाषा मान्यताको निम्ति अनवरत सङ्घर्ष गर्नुहुने समस्त जीवित एवं दिवङ्गत भाषासङ्ग्रामी पुस्ताहरूप्रति हार्दिक कृतज्ञता एवं अभिवादन जनाउँदछु। विश्वको सबैभन्दा ठूलो लोकतन्त्र अनि विस्तृत संविधान भएको भारतीय संविधानद्वारा एक विकसित भाषाको रूपमा नेपाली भाषालाई मान्यता प्राप्त हुनु आफैमा एउटा अत्यन्त गौरवपूर्ण परिघटना हो। भाषा मान्यता दिवसको अवसर पारेर म आज ती समस्त भाषाप्रेमी, भाषाशिल्पी अनि अग्रिम पंक्तिमा रहेर नेपाली भाषाको प्रचार-प्रसार र प्रयोगको क्षेत्रमा काम गरिरहनुभएका जम्मै नेपालीभाषीहरूलाई बधाई, शुभकामना अनि अभिनन्दन जनाउँदछु। नेपाली भाषामा बोलेर, लेखेर, सोचेर, चिन्तन गरेर अनि यसको आयामलाई विस्तार गरेरै मात्र भाषाको सुरक्षा, विकास र व्यापकता सम्भव हुनेहुनाले भाषिक कर्ममा रत् समस्त नेपालीभाषीहरूप्रति कृतज्ञता जनाउनु उपयुक्त हुन्छ। प्रख्यात नाटककार एवं चिन्तक बालकृष्ण समले अत्यन्त उपयुक्त ढङ्गमा `भाषा’ -लाई `सभ्यता’ बताउँदै यसमै समस्त जातिको उदय, उन्नति, जीत र वैभव बाँच्दछ भन्नुभएको छ। हजारौं वर्ष लगाएर हामीले आर्जेको आजको विकसित नेपाली भाषाले हाम्रो विशिष्ट सभ्यताको पनि निर्माण गरेको छ। नेपाली सभ्यतालाई जीवन्त राख्नु हो भने हामीले हाम्रो भाषालाई जीवन्त, व्यापक अनि संसारका जम्मै वस्तु अनि भावहरूलाई सम्प्रेषण गर्नसक्ने सशक्त माध्यम बनाउनुपर्नेछ। बजारवाद, भाषिक अतिक्रमण, जनसाङ्ख्यिकीमा सुनियोजित परिवर्तनको माध्यमले विकासशील भाषाहरूलाई क्रमशः विलुप्तितर्फ घचेटिँदैगरेको समकालीन राष्ट्रिय-अन्तर्राष्ट्रिय परिप्रेक्ष्यमा नेपाली भाषालाई बचाउनु, व्यापकता दिनु, गहिराई प्रदान गरिनु अनिवार्य देखिन्छ। महात्मा गान्धीले भन्नुभएको छ – `विदेशी भाषा सिक्नु नराम्रो होइन, तर आफ्नो भाषा सर्वोपरी हो।’ सोहीपरी, जीवन सङ्घर्षको क्रममा हामीले अन्य भाषालाई अप्नाउनुपरे पनि आफ्नो भाषाको महत्तालाई कदापि कम गर्नसक्दैनौं। भाषावैज्ञानिकहरू भन्दछन् – `भाषाले मानिसको जातीय, सांस्कृतिक व्यक्तित्वलाई झल्काउँदछ।’ अन्य भाषालाई अप्नाउँदा, ती भाषामा बोल्दा हामीले त्यो भाषाको जातीयता र व्यक्तित्वलाई अभिव्यक्त गरिरहेका हुन्छौं। त्यसैले नेपाली भाषालाई अप्नाउँदा, प्रयोग गर्दा हामी हाम्रो जातीयता, संस्कृति र सभ्यतालाई झल्काइरहेका हुन्छौं।
३३औं नेपाली भाषा मान्यता दिवसको अवसरमा आऊँ हामी सङ्कल्प गरौं – नेपाली भाषाको प्रयोगलाई तीव्रता र व्यापकता प्रदान गरौं अनि तीव्र गतिमा परिवर्तनशील दुनियाँमा नेपाली भाषालाई प्रासङ्गिक र सार्थक बनाइराख्न यसको प्रयोगलाई प्राथमिकता र व्यापकता प्रदान गरौं।जयतु भाषा जननी। [36]
 
पवन चाम्लिङ
पूर्व मुख्यमन्त्री, सिक्किम
नेपाली भाषा साहित्य र गीत संगीतको एक धरोहर : पवन चाम्लिङ किरण
अंग्रेजी भाषाको विकिपेडियाबाट साभार [37]
जनमत साहित्य डटकमको अनुसार सन् १९५० सेप्टेम्बर २२ मा[37] जन्मेर भारतीय नेपाली साहित्यमा किरण साहित्यिक उपनामले चिनिने पवन चाम्लिङ राजनैतिक व्यक्ति मात्र नभएर नेपाली भाषा साहित्यको कवि, गीतकार, साहित्यिक संगठक र साहित्यक सम्पादकको रुपमा पनि विख्यात छन् । [38]
पवन चाम्लिङ किरणको नेपाली भाषामा लेखिएका कविताहरु उनी स्वयम्ले बाचन गरेको र उनले रचना गरेका नेपाली भाषाका गीतहरु युट्युबमा पनि उपलब्ध छ । उनले रचना गरेर रेकर्ड भएका गीतहरुमध्येमा उदय सोताङको स्वर र योगेन्द्र घतानीको संगीत रहेको हजार जुनिसम्म बोलको गीतले उनलाई नेपाली भाषा साहित्य र संगीतमा पछिल्लो युवा पुस्तालाई चिनाउने प्रमुख अस्त्र हो । [39] उक्त गीतको बोलको प्रख्यातीले नै हजार जुनिसम्म नेपाली चलचित्र नेपालमा बन्यो [40] र उक्त गीत भारतमा प्रख्यात रियालिटी शो सारेगम लिटल च्याम्पको नेपाली प्रतिस्पर्धी आयुश केसीको स्वरमा पुन रिएरेन्ज गरेर पनि चलचित्रमा समेटियो  । यस सँगै पवन चाम्लिङ पुनः पछिल्लो समयका युवाहरु माझमा परिचित हुने मौका पाए, २०१९ अगष्ट ११ मा युट्युवमा अपलोड गरिएको उक्त गीत यस सामाग्री तयार पार्दासम्म ४२ लाख ७० हजार भन्दा बढि पटक हेरिएको छ । [41]

 

सन्दर्भ सामाग्रीहरुको स्रोत :

  1. https://epaperhimalayadarpan.com/edition/Siliguri/HIMALAYADA_SIL/HIMALAYADA_SIL_20240821/page/1
  2. https://www.hamroprajashakti.in/viewer.html?file=uploads/news_pdf/41090939H.pdf
  3. https://www.facebook.com/share/p/avpdAPneXd6uyavz/
  4. https://sikkimexpress.com/news-details/state-notifications-gazettes-to-be-published-in-both-english-nepali
  5. https://www.telegraphindia.com/states/nepali-made-must-for-all-sikkim-government-orders/cid/2042676
  6. https://www.indiatodayne.in/sikkim/story/sikkim-to-publish-all-government-notifications-in-nepali-and-english-language-1076136-2024-08-21
  7. https://www.northeasttoday.in/2024/08/21/sikkim-govt-to-publish-official-notifications-in-both-english-and-nepali-languages/
  8. https://assamtribune.com/north-east/sikkim-govt-to-publish-official-notifications-in-both-english-and-nepali-1548923
  9. https://northeastlivetv.com/topnews/sikkim-govt-to-publish-official-notifications-in-nepali-language-too/
  10. https://northeastmonitor.com/2024/08/21/sikkim-to-have-all-government-notifications-issued-in-nepali/
  11. https://www.ptinews.com/story/national/sikkim-govt-to-publish-all-notifications-in-nepali-english/1755106
  12. https://www.ptinews.com/story/national/sikkim-govt-to-publish-all-notifications-in-nepali-english/1755106
  13. https://www.etvbharat.com/en/!state/all-notifications-to-be-issued-in-nepali-english-sikkim-govt-enn24082104693
  14. https://www.theweek.in/wire-updates/national/2024/08/21/ces5-sk-cm-nepali.html
  15. https://www.nepalpress.com/2024/08/21/501714/
  16. https://khabarkheti.com/2024/08/17629/
  17. https://www.prasashan.com/2024/08/21/587115/
  18. https://www.nepalviews.com/2024/08/21/306307/
  19. https://ehimalayatimes.com/2024/08/259402/
  20. https://www.khabardabali.com/news/374145
  21. https://mahendranagarpost.com/?p=120240
  22. https://www.facebook.com/thesikkimchronicle/posts/pfbid02PdF5DKqqwKA7i32d9YB2e7pFuP7NPkKz2dRXddGJtHDJj7YQs5eJt1hjAedj82dKl
  23. https://www.facebook.com/share/p/FVFt32bDbwUkRmHV/
  24. https://www.facebook.com/thesikkimchronicle/posts/pfbid02PdF5DKqqwKA7i32d9YB2e7pFuP7NPkKz2dRXddGJtHDJj7YQs5eJt1hjAedj82dKl
  25. https://www.facebook.com/share/p/xyMAUmbkS4GVU21N/
  26. https://www.facebook.com/share/p/ybjBe6E7pqdnh8mk/
  27. https://www.facebook.com/share/p/h7FB5cuxyEiZpJyX/
  28. https://www.facebook.com/share/p/aQHRLBch7gZq3EeK/
  29. https://www.facebook.com/share/p/KQNaycaSrh2JFdwP/
  30. https://www.facebook.com/share/p/SqZMZnwe8csAKvKG/
  31. https://www.facebook.com/share/p/1c9ifXynY1DcM9rM/
  32. https://www.facebook.com/share/p/bPauKsHsVA9qQ3DS/
  33. https://www.facebook.com/share/p/bvuM5NDWENpceRXr/
  34. https://www.facebook.com/share/p/GTJuLtRDkATAh4zo/
  35. https://en.wikipedia.org/wiki/List_of_longest-serving_Indian_chief_ministers
  36. https://www.facebook.com/share/p/kppPuuudTCFxZP2R/
  37. https://en.wikipedia.org/wiki/Pawan_Kumar_Chamling
  38. https://janamatsahitya.com/2023/09/5837.html
  39. https://www.youtube.com/watch?v=ow0ob7PWDyw
  40. https://www.youtube.com/watch?v=P88-gFBb40U
  41. https://www.youtube.com/watch?v=G8MwgPTQCe8

 

 

 
प्रतिक्रिया दिनुहोस ।
+1
3
+1
0
+1
1
+1
0
+1
0
859
प्रदीप सिंजाली मगर
प्रदीप सिंजाली मगरhttps://pradipsinjalimagar.wordpress.com/
प्रतिक्रियाको लागि सुर्योदय नगरपालिका वडा नं. १४ इलाममा बस्ने उनलाई इमेल माध्यमबाट [email protected] मा र यहाँ उल्लेखित सामाजिक सञ्जालहरुबाट पनि सम्पर्क गर्न सकिनेछ ।
सम्बन्धित

लोकप्रिय

लोकप्रिय