नेपालमा फैलिदै हैजा, संक्रमितको संख्या ५८ पुग्यो

काठमाडौं । काठमाडौंमा थप ३ जनामा हैजा पुष्टि भएको छ । यो सँगै देशभर हैजा संक्रमितको संख्या ५८ पुगेको स्वास्थ्य सेवा विभाग इपीडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसिडी)ले दिएको जानकारी दिएको छ ।

सबैभन्दा धेरै ललितपुरमा ४१ जनामा हैजा देखिएको छ । काठमाडौंमा ७, कैलालीमा ८ र प्यूठानमा २ जनामा हैजा पुष्टि भएको छ ।

हैजा पुष्टि भएका ५६ जना निको भइसकेको र अहिले २ जना अस्पतालमा उपचाररत रहेको (इडीसिडी)ले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
175
सम्बन्धित

लोकप्रिय

लोकप्रिय