दमक ज्येष्ठ अभिभावकमा निर्मला कटुवाल पुनः अध्यक्ष

दमक । दमक ज्येष्ठ अभिभावक सेवा समाज दमक ८को वडा समितिको प्रथम अधिवेशनवाट निर्मला कटुवाल थापा पुनः अध्यक्षमा चयन भएकी छिन् ।

दमक ८ को अर्गानक सब्जी मण्डीको सभा हलमा भएको प्रथम अधिवेशन तथा पहिलो साधारण सभावाट उनी सर्वसम्मत अध्यक्ष भएकी हुन । अधिवेशनले कार्यसमितिको उपाध्यक्षमा सुनिता आचार्य,सचिवमा प्रकाश रिजाल र कोषध्यक्षमा जयन्ती भण्डारी सर्वसम्मत चयन भएका हुन ।

कार्यसमितिको सदस्यहरुमा टंकमाया खरेल,प्रदिप कोइराला र खड्ग माया सापकोटा चयन भएको वडा समिति सचिव रिजालले जानकारी दिनु भयो । अधिवेशनले भूमिका देवी दाहाल पोखरेललाई नगर प्रतिनिधि चयन गरेको छ । अधिवेशनमा कुशे औशी अर्थात बुवाको मुख हेर्ने दिनलाई लक्षित गरेर दमक ८का ५ जना बुवाहरुलाई सम्मान गरेको छ ।


सम्मानित हुने बुवाहरुमा दमक ८का दिल बहादुर थापा ८२ वर्षीय, रण बहादुर इङ्गनाम ८२ वर्षीय,बल बहादुर कुमाल ७९ वर्षीय,कृष्ण गिरी ७२ र खेम प्रसाद ढुङ्गेगल ६५ वर्षीयलाई सम्मान गरेको कोषध्यक्षमा जयन्ती भण्डारीले जानकारी दिनु भयो ।अधिवेशनका प्रमुख अतिथि दमक ८का वडा अध्यक्ष धर्म प्रसाद दाहाल (दिपेश)ले ज्येष्ठ वुवाहरुलाई सम्मान गर्नु भएको थियो ।

अधिवेशनमा प्रमुख अतिथि वडा अध्यक्ष दाहाल,दमक ज्येष्ठ अभिभावक सेवा समाज दमक अध्यक्ष अमृत विष्ट र समाजकै चेतना निरौला र दमक६ नम्वर वडा समिति अध्यक्ष मैना दाहालले ज्येष्ठहरुको विषयमा बोल्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
95
सम्बन्धित

लोकप्रिय

लोकप्रिय