कंगोमा मंकीपक्सले ४५० जनाको मृत्यु, विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

एजेन्सी । अफ्रिकाका केही भागहरूमा मङ्कीपक्सको प्रकोप फैलिएपछि विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।

मंकीपक्सका कारण हालसम्म कम्तीमा ४ सय ५० जनाको मृत्यु भइसकेको छ भने मध्य र पूर्वी अफ्रिकन राष्ट्रहरुमा पनि फैलिरहेको जनाइएको छ।

यस रोगको नयाँ संस्करण छिटो फैलिरहेको र त्यसको मृत्यु दर उच्च रहेको भन्दै वैज्ञानिकहरूले चिन्ता व्यक्त गरेका छन् । डब्ल्यूएचओका प्रमुख टेड्रोस गेब्रिएससले अफ्रिकाभित्र र बाहिर फैलिने सम्भावना रहेकाले यो अवस्था धेरै चिन्ताजनक रहेको बताएका छन् ।


बिफर रोग लाग्ने प्रजातिको भाइरसबाटै एमपक्सको संक्रमण हुने गर्दछ । यौन सम्पर्क, छाला सम्पर्क र अर्को व्यक्तिसँग कुरा गर्दा वा सास फेर्दा पनि यो रोग सर्न सक्छ। यसको लक्षण फ्लू जस्तो हुन्छ भने छालामा घाउहरू गराउँछ जुन घातक हुन सक्छ ।

यो रोग लागेका सयमध्ये चार जनाको मृत्यु भएको पाइएको छ । बुरुन्डी, सेन्ट्रल अफ्रिकन रिपब्लिकन, केन्या र रुवाण्डासहित अन्य अफ्रिकी देशहरूमा यो रोग फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
110
सम्बन्धित

लोकप्रिय

लोकप्रिय