युट्युब र अनलाइनमाथि नियमन र कारबाही गर्दै प्रेस काउन्सिल

काठमाडौं । प्रेस काउन्सिल नेपालले अफवाहपूर्ण सूचना दिने युट्युब च्यानल र अनलाइन मिडियाप्रति कारबाही प्रक्रिया अघि बढाएको छ ।

पत्रकार आचारसंहिताविपरीत सामग्री दिने केही अनलाइन पोर्टललाई कालोसूचीमा राख्नेदेखि थप कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोमा लेखी पठाएको काउन्सिलले जनाएको छ ।

काउन्सिलले पहिलो चरणमा युट्युब सञ्चालकहरूलाई कार्यालयमै बोलाएर अभिमुखीकरण दिएको थियो । त्यसपछि गरिएको विशेष अनुगमन र प्राप्त उजुरीसमेतका आधारमा त्यस्ता माध्यमलाई कारबाही थालिएको काउन्सिलले जनाएको छ ।


प्रेस काउन्सिलले विज्ञप्ति जारी गरी आचारसंहिताविपरीतका सामग्री सम्प्रेषण गर्ने ३१ वटा युट्युबलगायत सामाजिक सञ्जाललाई विभिन्न कारबाही गरेको जनाएको छ ।

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले युट्युबको नियमनका लागि छुट्टै मापदण्डअनुसार कारबाही गरिएको जानकारी दिनुभयो ।

उहाँले डिजिटल प्लेटफर्मका कुनै पनि माध्यमबाट आधारहीन, एकपक्षीय, भ्रामक र पूर्वाग्रही सामग्री प्रसारण प्रकाशन गर्न नमिल्ने बताउनुभयो । युट्युब माध्यमलाई नियमन र कारबाही गर्न बेग्लै मापदण्ड समेत जारी गरेको बस्नेतले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
80
सम्बन्धित

लोकप्रिय

लोकप्रिय