झापाको कनकाईमा आदिवासी जनजाती महोत्सव, चर्चित कलाकारहरुको प्रस्तुति

बिर्तामोड । झापाको कनकाई नगरपालिकामा आदिवासी जनजाति कनकाई नगर प्रथम सांगीतिक तथा सांस्कृतिक महोत्सव संचालन भईरहेको छ ।

आदिवासी जनजाति महासंघ कनकाई नगर समन्वय परिषद कनकाईको आयोजनामा असार ३० गतेदेखि भइरहेको महोत्सवमा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुले प्रर्दशन गरिरहेका छन् ।

साउन १५ गते सम्म संचालन हुने महोत्सवमा रचना रिमाल, प्रमोद खरेल, बोके दारी, डम्बर नेपाली, ज्योति मगर, एलिना चौहान, मेलिना राई र धुर्मुस-सुन्तली लगायतका चर्चित कलाकारहरुको प्रस्तुति रहने नेपाल आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद कनकाई नगर अध्यक्ष लक्ष्मण ज्वयल श्रेष्ठले बताउनुभयो ।


महोत्सवमा गत साउन ७ गते चर्चित कमेडी कलाकार खुइली, ९ गते गायिका रचना रिमाल लगायतको प्रस्तुति भईसकेको बताइएको छ । महोत्सवमा आज शनिबार गायक डम्बर नेपालीले प्रस्तुति दिनेछन् भन साउन १५ गते ज्योति मगरको प्रस्तुति रहेको आयोजकले बताएको छ ।

कनकाई नगरपालिका सह-आयोजक रहेको महोत्सव कनकाई नगरपालिका ८ सितल चौक स्थीत बिरिङ पुुल छेउमा संचालन भइरहेको छ ।

महोत्सवलाई कनकाई फन वल्र्डले व्यवस्थापन गरेको छ । महोत्सव सम्योजकको रुपमा राजा आन्थुपोले भुमिका निर्वाह गर्नुभएको छ भने, नेपाल लोकतान्त्रवादी आदिवासी जनजाती कनकाई नगर अध्यक्ष राजेश श्रेष्ठ, नेपाल लोकतान्त्रवादी आदिवासी जनजाति प्रदेश ख उपसभापति बाबा डि.आर थारु लगायतले समन्वयकारी भुमिका निर्वाह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
0
+1
0
+1
0
115
सम्बन्धित

लोकप्रिय

लोकप्रिय