झापामा ‘सिआईबी’ नामक चलचित्र निर्माण हुने

बिर्तामाड । झापामा हुँदै आएको अपराध र त्यसको अनुसंधानसँग सम्बन्धित चलचित्र निर्मााण हुने भएको छ । बिर्तामोडमा बिभिन्न लघु चलचित्र निर्माण गर्दै आएका राजन थापाको लगानीमा ‘सिआईबी’ नामको चलचित्र निर्माण हुने भएको हो । क्राइम इन बिर्तामोड नाम दिएर चलचित्रको छोटो नाम सिआईबी राखिएको निर्माण पक्षले जनाएको छ ।

आर्थिक केन्द्रबिन्दुको हब बिर्तामोड, पछिल्लो समयमा लागू औषध लगायत बिभिन्न खालका अपराधको पनि केन्द्र बन्दै गएको छ । यहाँ हुने बिभिन्न अपराधमा प्रहरी प्रशासनले गरिरहेको अनुसंधान तथा प्राप्त गरेको सफलताको कथामा चलचित्र निर्माण हुन लागेको निर्माता थापाले बिर्तामोडमा पत्रकार सम्मेलन गरेर जानकारी दिए ।

चलचित्रको लेख तथा निर्देशन रोहन राईले गरेका छन । सहनिर्माण तीर्थ सिग्देल, चन्द्रकान्त ढकाल, सुरेन्द्र भण्डारी, डिपी रिजाल र उमेश चौधरीले गरेका छन् । कार्यकारी निर्माता पुजन प्रकाश ईङनाम रहेका छन भने मुख्य भूमिकामा रेजिना रणपहेली र बिवेक रिजाल रहेका छन् । उनीहरु दुबैजना सर्ट भिडियो प्लेटफर्म टिकटकबाट उदाएका हुन् ।


कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी राष्ट्रय अनुसंधान बिभाग इलामका एसपी तुलसी प्रसाईँले समाज परिवर्तनका लागि चलचित्रमार्फत सकारात्मक सन्देश दिन सकिने धारणा राखेका थिए । यो चलचित्रले समाजमा भइरहेका अपराधका घटनामा कमी ल्याउने बिश्वास उनले व्यक्त गरे ।

कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, बासु दुलाल, तीर्थ सिग्देल लगायतले चलचित्रको बारेमा धारणा राखेका थिए । १० लाखको लगानीमा निर्माण हुने चलचित्र आगामी दशै अघि नै प्रदर्शनमा आउने थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
100
सम्बन्धित

लोकप्रिय

लोकप्रिय