युवा संघद्धारा अर्जुनधारा जलेश्वर धाममा बृक्षारोपण र सरसफाई

अर्जुनधारा । राष्ट्रिय युवा संघ नेपाल अर्जुनधाराले अर्जुनधारा जलेश्वर धाम परिसरमा सरसफाई तथा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

युवा संघले अघि सारेको ‘एक युवा, पाँच बिरुवा’ अभियान अन्तर्गत बृक्षारोपण कार्यक्रम आयोजना गरिएको संघका केन्द्रिय स्थाई कमिटी सदस्य तथा संगठन विभाग चिव रोजिना पाण्डेले जानकारी दिनुभयो ।

विश्वमा जलवायु परिवर्तनका कारण बढ्दै गएको तापक्रम न्यूनीकरण गर्ने उद्देश्यले राष्ट्रिय युवा सङ्घ केन्द्रीय कमिटीले शुरु गरेको अभियान अन्तरगत अर्जुनधारा नगरपालिकाबमे ७ नम्बर वडा समितिको आयोजनामा वृक्षारोपण भएको हो ।


युवा संघले अर्जुनधारा जलेशवर धामको खडेबाबा स्मृति पार्क परिसरमा सरसफाईसंगै वृक्षरोपण गरेको हो भने अर्जुनधारा जलेश्वर धाम परिसरमा सरसफाई गरेको थियो ।

पर्यावरण सन्तुलन कायम राख्न, प्राकृतिक प्रकोप न्यूनीकरणसँगै हरियो वन नेपालको धन भन्ने भनाइलाई थप मजबुत बनाउन वृक्षारोपण अभियान सञ्चालन गरिएको युवा संघ नेतृ पाण्डेले बताउनुभयो।

कार्यक्रममा धाम समितिका शिवलाल खतिवडा, वडा न ७ का अध्यक्ष गोविन्द खतिवडा, सदस्य हरि कटवाल, अर्जुनधारा नगरपालिका बोर्ड सदस्य कौशिलाल परियार लगायतको सहभागिता रहेको थियो ।

सरसफाई तथा बृक्षारोपण कार्यक्रममा सशस्त्र प्रहरी र नेपाल प्रहरीले पनि सहभागिता जनाएका थिए । कार्यक्रममा अर्जुनधाराका करब १ सय जना युवाहरुले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
1
+1
0
+1
0
115
सम्बन्धित

लोकप्रिय

लोकप्रिय