कोशी प्रदेश सरकारबाट बाहिरिएको माओवादी केन्द्र

झापा । माओवादी केन्द्र एमाले गठबन्धनको कोशी प्रदेश सरकारबाट बाहिरिएको छ। पार्टीका चार मन्त्रीले राजीनामा दिएसँगै माओवादी एमालेसँगको गठबन्धन सरकारबाट बाहिरिएको हो।

शुक्रबार अपराह्न माओवादी केन्द्रका मन्त्रीहरू गणेश उप्रेती, नारायण बुर्जामगर, राजेन्द्र कार्की र बन्दना झाँगडले मुख्यमन्त्री हिक्मत कार्कीलाई राजीनामापत्र बुझाएका छन्। माओवादी केन्द्रको समर्थनमा एमालेका हिक्मतकुमार कार्की २७ वैशाख २०८१ म कोशी प्रदेशको मुख्यमन्त्री बनेका थिए।

१७ असारमा केन्द्रमा कांग्रेस–एमालेको गठबन्धन बने पनि मुख्यमन्त्री कार्कीको आग्रहका कारण माओवादी केन्द्रले कोशीमा सरकार छोडेको थिएन। मुख्यमन्त्री कार्की वामपन्थी गठबन्धनलाई नै कायम राखेर सर्वदलीय सरकार बनाउने पक्षमा थिए। तर, केन्द्रको अस्वीकारपछि मुख्यमन्त्री कार्कीले सर्वदलीय सरकार बनाउन नसक्ने बताएपछि सरकारबाट बाहिरिएको माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए।


सरकारबाट बाहिरिए पनि कानुनी कारण देखाउँदै माओवादीले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन। विज्ञहरूसँग सल्लाह गरेर छिट्टै समर्थन पनि फिर्ता लिने आङ्बोले बताए।

माओवादीका मन्त्रीहरूले राजीनामा दिएसँगै कोशीमा अब मुख्यमन्त्री हिक्मत कार्कीकै नेतृत्वमा नयाँ गठबन्धनमा रहेको कांग्रेस सरकारमा सहभागी हुनेछ। तर, मन्त्रालय र आन्तरिक भागबन्डा नमिल्दा कांग्रेस सरकारमा सहभागी भइसकेको छैन।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
85
सम्बन्धित

लोकप्रिय

लोकप्रिय