विमान दुर्घटनाका मृतकको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने

काठमाडौँ । गत बुधवार सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा मृत्यु भएका १८ जनाको शव आज आफन्तलाई बुझाइने भएको छ।

सबै शवको पोस्टमार्टम गरिसकिएकोले सबै रिर्पोट आएपछि आजै परिवारलाई हस्तान्तरण गरिने त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका निर्देशक प्राडा दिनेश काफ्लेले जानकारी गराएका हुन् ।

केही शवको भने डीएनए परीक्षण गर्नुपर्ने अवस्थाका भएकोले ति शवलाई के गर्ने भन्ने बारेमा छलफल भइरहेको छ । डीएनए परीक्षण गरेर शवलाई हस्तान्तरण गरे झण्डै २ हप्ता लाग्ने छ ।


यद्यपि मृतकका आफन्तले भने क्षतिपूर्तिको टुङ्गो नलागेसम्म शव नबुझ्ने बताएका छन्। बुधवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज उड्ने बित्तिकै दुर्घटना भएको थियो।

जसमा १८ जनाको मृत्यु भएको थियो। घाइते अवस्थामा उद्धार गरिएका पाइलट मनिषरत्न शाक्यको काठमाडौँ मेडिकल कलेजमा उपचार जारी छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
40
सम्बन्धित

लोकप्रिय

लोकप्रिय