वरिष्ठ लोक गायक एलपी जोशीको ८८ बर्षको उमेरमा निधन

झापा । वरिष्ठ लोक गायक एलपी जोशीको निधन भएको छ। बिहीबार साँझ उनको ८८ बर्षको उमेरमा निधन भएको हो।

उनको स्वास्थ्यमा अचानक गडबडी आएपछि उपचारका लागि दमक अस्पताल पुर्‍याइएको थियो।

उनको अस्पतालमै निधन भएको हो। दमक नगरपालिका १ निवासी जोशीका ‘रिटिङ रिटिङ नबजाउ बिनायोु’ ‘ओल्लो खोलो पल्लो खोलो’ लगायतका दर्जनौँ गीतहरु चर्चित छन् ।


२०१३ सालमा रेडियो नेपालबाट रेकर्ड भएको पहिलो गीत ‘नेपाली माया नेपालै कस्तो’ बाट उनको सांगीतिक यात्रा सुरु भएको थियो ।

२००८ सालमा नृत्य क्षेत्रमा प्रवेश गरेका जोशी १० सालमा चित्रकला, १३ सालमा गायन र १६ सालमा साहित्य क्षेत्रमा प्रवेश गरेरका थिए ।

 

२०१९ सालमा राष्ट्रव्यापी लोकगीत सम्मेलनमा तत्कालीन राजा महेन्द्रबाट स्वर्ण पदक थापेका जोशीले दर्जनौं सम्मान पाएका छन ।

लोकगीत संगीतकै क्षेत्रमा योगदान पुर्‍याएवापत २०२२ र २०२९ सालमा उत्कृष्ठ लोक गायक सम्मान, २०६७ सालमा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान सम्मान, २०६२ सालमा वाणि प्रकाशन जस्ता ख्याति प्राप्त संघसंस्थाहरुबाट सम्मान पाएका थिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
105
सम्बन्धित

लोकप्रिय

लोकप्रिय