पाइलट शाक्यले भने : ‘मैले उठाउन खोज्दै थिए ५०-६० मिटर माथि गएपछि कन्ट्रोल भएन खस्यो’

काठमाडौँ । मंगलबार भएको सौर्य एअरको जहाजका एकमात्र घाइते पाइलट मनिषरत्न शाक्यले जहाज र्दुघटनाको बिषयमा सामान्य जानकारी गराएका छन् ।

काठमाडौं मेडिकल कलेज (केएमसी) उपचारर्त पाइलट शाक्यले अस्पतालकी मेडिकल डाइरेक्टर डा.मिना थापासंग भएको कुराकानीमा आफुल जहाज उठाउन खोज्दा खोज्दै दुर्घटनामा परेको बताएका छन् । आफु कताकताबाट बाहिर निक्लन सकेको समेत उनले बताएका छन् ।

मेडिकल डाइरेक्टर डा.थापाले शाक्यको भनाईलाई उदृत गर्दे भन्नुभयो ‘मैले उठाउन खोज्दै थिए ५०-६० मिटर माथि गाको थियो तर कन्ट्रोल भएन, म चाँहि कताकताबाट बाहिर निस्किए, अन्य साथीहरुले श्वास फेरेको सुनि रहेको थिए।’


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको सौर्य एअरलाइन्सको जहाज दुर्घटनामा घाइते भएका पाइलट शाक्यको स्वास्थ्य अवस्था हाल सामान्य हुँदै गएको छ । अस्पतालका अनुसार उनको स्वास्थ्यमा थप कुनै जटिलता छैन ।

६९ वर्षमा नेपालमा भएकाे १०८ हवाई दुर्घटना परि ९५९ जनाको मृत्यु

मेडिकल डाइरेक्टर डा. मिना थापाले क्रमिक रुपमा पाइलट शाक्यको स्वास्थ्य अवस्थामा सुधार हुँदै आएको जानकारी दिनुभयो । थप केही स्वास्थ्य समस्या छ कि भनेर एमआरआई गर्ने तयारी गरीएको उहाँले बताउनुभयो । थापाकाअनुसार पाइलट शाक्यको टाउको र शरीरमा चोट लागेको छ । शाक्यको करङको दुई वटा हड्डी समेत भाँचिएको छ ।

सीटी स्क्यानको सुरुको स्क्रिनिङबाट हामीले टाउकोमा हड्डीको बाहिरपट्टी रगत जमेको र इम्प्याक्टको कारणले गर्दा भित्र मस्तिष्क थोरै सुन्निएको देखिएको उहाँले बताउनुभयो । शाक्यको हाल आइसीयूमै उपचार भैरहेको छ ।

यो पनि पढ्नुस :

विमान दुर्घटनामा ज्यान गुमाएकाको शव परीक्षण तीन दिनमा सकिने

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
1
+1
0
+1
0
165
सम्बन्धित

लोकप्रिय

लोकप्रिय