६९ वर्षमा नेपालमा भएकाे १०८ हवाई दुर्घटना परि ९५९ जनाको मृत्यु

काठमाडौं । सन् १९५५ यता नेपालमा १०८ वटा हवाई दुर्घटना भएका छन् । नेपाल नागरिक उड्यन प्राधिकरणका अनुसार यी दुर्घटनामा ९५९ जनाको ज्यान गएको छ ।

करिब ६९ वर्षको अवधिभर भएका यी हवाई दुर्घटनामा नेपालका मल्टिइन्जिन विमान, सिंगल इन्जिन विमान, विदेशी विमान र हेलिकप्टर छन् । नेपालमा भएका १०८ हवाई दुर्घटनामध्ये ६६ दुर्घटनामा ९५९ जनाको ज्यान गएको छ । ४२ वटा दुर्घटनामा भने मानवीय क्षति हुनबाट जोगिएको तथ्यांक छ ।

सबैभन्दा धेरै मानवीय क्षति मल्टिइन्जिन विमान दुर्घटनामा भएको छ । प्राधिकरणको तथ्यांकअनुसार मंगलबार भएको सौर्य एयरलाइन्सको विमानसहित नेपालमा मिल्टइन्जिनका ५१ वटा विमान दुर्घटना भएका छन् । मंगलबार मृत्यु हुने १८ सहित यी दुर्घटनामा ४६९ जनाले ज्यान गुमाएका छन् ।


५१ मध्येका ३० दुर्घटनामा मानवीय क्षति भएको छ भने, २१ वटा दुर्घटनामा मानवीय क्षति हुन जोगिएको छ । प्राधिकरणको एभिएसन सेफ्टी रिपोर्ट, २०२३ अनुसार नेपालमा सबैभन्दा धेरै दुर्घटनामा पर्ने र मानवीय क्षति हुने गरेका विमान यी नै हुन् ।

सन् २०७५ यता नेपालमा आठवटा सिंगल वा एकल इन्जिनका विमान दुर्घटनामा परेका छन् । यीमध्ये ६ दुर्घटनामा २५ जनाले ज्यान गुमाएका छन् ।दुईवटा दुर्घटनामा मानवीय क्षति हुनबाट जोगिएको प्राधिकरणको तथ्यांक छ । ३९ वटा हेलिकप्टर दुर्घटना सन् १९७९ यता नेपालमा ३९ वटा हेलिकप्टर दुर्घटना भएका छन् । यीमध्ये २१ वटा दुर्घटनामा ९२ जनाले ज्यान गुमाएका छन् । बाँकी १८ वटा दुर्घटनामा मानवीय क्षति हुनबाट जोगिएको छ ।दशवटा विदेशी विमान दुर्घटनाभएको प्राधिकरणको तथ्यांक छ ।यी दुर्घटनामा ३७३ जनाले ज्यान गुमाएका छन् ।

सन् १९९२ को सेप्टेम्बर २८ मा ललितपुरको भट्टेडाँडामा पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको दुर्घटना भएको थियो । उक्त दुर्घटनामा १६७ जनाको ज्यान गएको थियो, यो नै सबैभन्दा ठूलो मानवीय क्षति भएको दुर्घटना हो । आन्तरिक वा स्वदेशीतर्फ भने गत वर्ष सन् २०२३ को जनवरी १५ मा भएको यती एयरलाइन्सको विमान दुर्घटना हो । पोखरामा भएको उक्त दुर्घटनामा ७२ जनाको ज्यान गएको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
1
+1
0
+1
0
130
सम्बन्धित

लोकप्रिय

लोकप्रिय