कचनकवलमा करेन्ट १६ बर्षीय विशालकुमारको मृत्यु

बिर्तामोड । झापाको कचनकवल गाउँपालिका ४ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

गएराति पौने ९ बजे वडा नं ४ बस्ने तुलाराम साहका १६ बर्षीय छोरा विशालकुमार साहको करेन्ट लागेर मृत्यु भएको हो ।

घरको भान्सामा नाङ्गो तारमा छुन पुग्दा अचानक करेन्ट लागेर घाइते भएका उनलाई तत्काल उपचारको लागि प्राथमिक उपचार केन्द्र बनियानीतर्फ लैजादै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बनियानीले जनाएको छ ।


आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि पठाइने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
85
सम्बन्धित

लोकप्रिय

लोकप्रिय