अर्जुनधारामा धान खेतमा मृत भेटिएको शवको पहिचान खुल्यो

अर्जुनधारा । झापाको अर्जुनधारा वडा नम्बर १ स्थित सक्रिय टोलमा स्थानीयको धान खेतमा मृत भेटिएको शवको पहिचान खुलेको छ ।

शव फेला परेका व्यक्ति इलामको माई नगरपालिका वडा नम्बर ३ घर भई हाल अर्जुनधारा १ मा बसोबास गर्ने टिका लावती रहेको इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका प्रमुख प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले जानकारी दिनुभयो ।

मृतक लावती हाल अर्जुनधारा-१ सिस्ने स्थित दिदि भेनाजुको घरमा बस्दै आएका थिए । उनी बिरामी अवस्थामा रहेको र आज बिहानै हिन्दै गरेको अवस्थामा समेत स्थानीयले देखेको डिएसपी विष्टले बताउनु भयो । लावतीको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको उहाँले बताउनुभयो ।


लावतीको शव अर्जुनधारा-१ को वडा कार्यलयबाट करिब ५ सय मिटर पश्चिममा घोप्टो परेको अवस्थामा आज बिहान फेला परेको थियो । स्थानीयले उक्त शव देखेपछि जनप्रतिनिधि र प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
3
115
सम्बन्धित

लोकप्रिय

लोकप्रिय