पाकिस्तानी गायक राहत फतेह अली खान पक्राउ

एजेन्सी । चर्चित पाकिस्तानी गायक राहत फतेह अली खान पक्राउ परेका छन् । उनी दुबई विमानस्थलमा पक्राउ परेका हुन् ।

उनका पूर्वम्यानेजर सलमान अहमदको उजुरीपछि गायकलाई पक्राउ गरिएको पाकिस्तानी सञ्चार माध्यमहरूले बताएका छन् । पहिला गायकलाई प्लेन चढ्नबाट रोकिएको र पछि उनलाई हिरासतमा राखिएको र त्यसपछि मात्रै पक्राउ गरिएको बताइएको छ ।

सुरुआतमा आएका खबरहरूमा भने राहतलाई युएईमै छँदा बुर्ज दुबई प्रहरी थानाबाट हिरासतमा लिइएको बताइएको थियो । गायक संगीत कार्यक्रममा प्रस्तुति दिन त्यहाँ गएको बताइएको छ । यसैबिच गायक र उनका पूर्वम्यानेजरबिचको पहिला देखिकै तनावका कारण उनी अप्ठ्यारोमा परे । सलमान अहमदले राहतविरुद्ध दुबई र अन्य सहरहरूमा कानुनी मुद्दा दर्ता गराएको बताइएको छ ।


गायकका प्रवक्ताले अहिलेसम्म मुद्दा र कानुनी कारबाहीबारे केही अपडेट दिएका छैनन् । केही समय अघि राहतको एउटा भिडियो भाइरल भएको थियो । सो भिडियोमा उनले आफ्ना घरेलु कामदारलाई चप्पलले हानेको देखिएको थियो । सो भिडियो बाहिर आएपछि गायकको निकै ट्रोल भयो । पछि उनले एउटा भिडियो सार्वजनिक गर्दै दूरव्यवहारमा परेका घरेलु कामदार समेत सबैसँग माफी पनि मागेका थिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
65
सम्बन्धित

लोकप्रिय

लोकप्रिय