एसिया कपमा बलियो प्रतिद्धन्दी भारतसंग भिड्दै नेपाल

काठमाडौं। एसिसी महिला एसिया कपमा मंगलबार नेपाल र भारत आमुन्नेसामुन्ने हुँदैछन्। दुई खेलमा शतप्रतिशत जितसहित भारत समूह ‘ए’ को अंक तालिकामा शीर्ष स्थानमा रहेको छ। नेपाल भने दुई खेलमा एक जित र एक हारका साथ तेस्रो स्थानमा छ।

खेल नेपाली समयअनुसार साँझ ७ १५ बजेबाट सुरु हुनेछ। प्रतियोगिताको पहिलो खेलमा भारतले ३५ बल बाँकी रहँदै पाकिस्तानलाई सात विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ७८ रनले पराजित गर्दै भारतले प्रतियोगितामा दोस्रो जित दर्ता गरेको थियो।

यो खेलमा भारतले पहिलोपल्ट ट्वान्टी–२० आईमा २०० रनको योगफल बनाएको थियो। अहिलेसम्म भारतीय टोली यस प्रतियोगिताको दाबेदार देखिएको छ। नेपाललाई पराजित गरे भारतले सेमिफाइनलमा स्थान पक्का गर्नेछ।


नेपालले युएईलाई हराउँदै एक मात्र जित हात पारेको छ। सन् २०१२ र २०१६ को प्रतियोगितामा आठ खेल खेलेपनि नेपालले कुनै जित हासिल गर्न सकेको थिएन। तर, शुक्रबार सम्पन्न खेलमा नेपालले २३ बल बाँकी छदै युएईलाई ६ विकेटले पराजित गर्दै एसिया कपमा ऐतिहासिक जित हासिल गरेको थियो। तर, दोस्रो खेलमा भने नेपालले त्यो लय समात्न सकेन।

टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०८ रन बनाएको थियो। तर, फिल्डर फिल्डिङमा र बलर लाइन तथा लेन्थमा चुक्दा नेपाल नौ विकेटले पराजित हुन पुगेको थियो। भारविरुद्धको खेलमा नेपाल सुधार गर्दै सेमिफाइनल पुग्ने लक्ष्यमा छ।

भारतसँग जित हासिल गरेर मात्रै नेपाल सेमिफाइनलमा पुग्दैन। मंगलबार नै हुने पहिलो खेलमा युएईले पाकिस्तानलाई पराजित गरेमात्रै नेपालले अन्तिम चारमा स्थान बनाउने छ। अन्यर्था नेपाल समूहचरणबाटै बाहिरिने छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
85
सम्बन्धित

लोकप्रिय

लोकप्रिय