बाबर, साहिन र रिजवानले ग्लोबल टी–२० खेल्न नपाउने, यस्तो छ कारण

एजेन्सी । पाकिस्तानी क्रिकेटर बाबर आजम, साहिन साह अफ्रिदी र मोहम्मद रिजवानले ग्लोबल टी–२० खेल्न नपाउने भएका छन् ।

पाकिस्तानी क्रिकेट बोर्ड (पिसिबी)ले राष्ट्रिय टोलीका बाबर आजम, साहिन साह अफ्रिदी र मोहम्मद रिजवानलाई क्यानडामा हुने ग्लोबल टी–२० खेल्न अनुमति दिन अस्वीकार गरेपछि उनीहरुले ग्लोबल टी–२० खेल्न नपाउने भएका हुन् ।

छनोट कमिटीसँग परामर्शपछि पिसिबीले तीन खेलाडीलाई एनओसी दिन अस्वीकार गरेको हो । पिसिबीले गत साता द हन्ड्रेड बलमा आबद्ध नसिम साहको एनओसी पनि अस्वीकार गरेको थियो । बाबर र रिजवान भ्यानकुभर नाइट्स र साहिन टोरोन्टो नेसनल्समा आबद्ध छन् ।


ग्लोबल टी–२० लिग २५ जुलाईदेखि २१ अगस्ट हुँदै छ । ग्लोबल टी–२० लिग सञ्चालन भइरहँदा पाकिस्तानको अन्तर्राष्ट्रिय खेलको तालिका छ । तर, वार्षिक क्यालेन्डरअनुसार खेलाडीलाई तत्काल अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा खेल्न एनओसी नदिएको पिसिबीले जनाएको छ । खेलाडी छनोट कमिटीले राष्ट्रिय खेलाडीको प्रदर्शनमा सुधार गर्नुपर्ने जनाएको छ ।

गत महिना वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रूपमा आयोजना गरेको टी–२० विश्वकपमा पाकिस्तान समूह चरणबाटै बाहिरिएको थियो । भारत र आयोजक अमेरिकासँग पराजित हुँदा पाकिस्तान समूह चरणबाट बाहिरिएको हो । विश्वकपको असफलतापछि अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा राम्रो नतिजा निकाल्न खेलाडीलाई नियमित प्रशिक्षणमा राख्नुपर्ने छनोट कमिटीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
80
सम्बन्धित

लोकप्रिय

लोकप्रिय