बंगलादेशबाट काँकडभिट्टा नाकाहुँदै फर्किए ८१३ नेपाली विद्यार्थीे

झापा । बंगलादेशमा आरक्षणविरुद्ध आन्दोलन भड्किएपछि त्यहाँ पढन गएका नेपाली विद्यार्थीहरु धमाधम स्वदेश फर्कन थालेका छन् ।

त्यसक्रममा हिजो एकैदिन ३०५ जना फर्किएको अध्यागमन कार्यालय काँकडभिट्टाले जनाएको छ । साउन १ देखि हिजो बेलुकासम्म काँकडभिट्टा नाकाहुँदै बंगलादेशबाट फर्किने नेपाली विद्यार्थीहरुको संख्या ८१३ पुगेको अध्यागमन कार्यालयका प्रमुख मोहन पनेरुले जानकारी दिए ।

केही दिनयता काँकरभिट्टा नाकाहुँदै पैदलमार्ग भएर स्वदेश फर्किने नेपाली विद्यार्थीहरुको लर्को रहेको छ । बंगलादेशको सर्वोच्च अदालतले सरकारी जागिरका अधिकांश आरक्षण प्रणालीलाई खारेज गरिसकेको छ। सर्वोच्चको आदेशपछि बंगलादेशमा चर्किएको आन्दोलन मत्थर हुने अपेक्षा गरिएको छ ।


बंगलादेशको स्वतन्त्रता आन्दोलनमा सक्रिय व्यक्तिका छोराछोरीलाई सरकारी जागिरमा दिइएको आरक्षणको विरोधमा सुरु भएको आन्दोलनले हिंसात्मक रूप लिएको हो । तर, अदालतले दिग्गजका आफन्तका लागि मात्र अब ५ प्रतिशत भूमिका आरक्षित गर्न सक्ने फैसला गरेको छ ।

विद्यार्थीले सुरु गरेको प्रदर्शनमा १३३ जनाले ज्यान गुमाइसकेको बंगलादेशस्थित संचारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
65
सम्बन्धित

लोकप्रिय

लोकप्रिय