सर्पले डस्दा बेलबारीकी १० वर्षीया बालिकाको मृत्यु

झापा । मोरङको बेलबारीमा सर्पले डसेर एक १० वर्षीया बालिकाको मृत्यु भएको छ ।

उनलाई आफ्नै घरको कोठाभित्र सर्पले डसेको बताइएको छ ।

आज दिउँसो १ः१० बजे बेलबारी नगरपालिका ४ स्थित लिम्बू चोक बस्ने सन्तोष कार्कीकी १० वर्षीया छोरी भूमिकालाई आफ्नै घरको कोठाभित्र कपडा पट्याउने क्रममा अचानक गोमन सर्पले डसेको थियो ।


गम्भीर घाइते भई उपचारको लागि कोशी अस्पताल विराटनगर लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
80
सम्बन्धित

लोकप्रिय

लोकप्रिय