प्राकृतिक विपद्‍ : देशभर १२८ को मृत्यु, १४३ जना घाइते

काठमाडौं । नेपालमा मनसुनपछि बाढीपहिरोलगायत विपद्‍मा परेर १२८ जनाको मृत्यु भएको छ। गत जेठ २८ गतेदेखि अहिलेसम्म देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्‍मा परी १२८ जनाको मृत्यु भएको हो।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार बाढी, पहिरोलगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा २२ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ९ जनाको ज्यान गएको छ।

यस्तै काठमाडौँ उपत्यकामा ८ जना, कोशी प्रदेशमा ३४ जना, मधेश प्रदेशमा ९ जना, बागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २९ जना, लुम्बिनी प्रदेशमा ९ जना, कर्णाली प्रदेशमा ३३ जना र सुदूरपश्चि म प्रदेशमा १४ जना गरी जम्मा १४३ जना घाइते भएका छन्।


प्रहरीका अनुसार कोशी प्रदेशमा ४९ जना, गण्डकी प्रदेशमा १२ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना गरी जम्मा ६६ जनाको उद्दार गरिएको छ।​बाढीपहिरोमा परी कोशी प्रदेशमा २ जना, मधेश प्रदेशमा १ जना, बागमती प्रदेशमा २ जना, गण्डकी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिेम प्रदेशमा १ जना गरी ८ जना बेपत्ता भएका छन्।

बाढीको कारण जम्मा १८२ घर डुबानमा परेका तथा २२८ वटा घर, ८३ वटा गोठ, ४३ वटा पुल, १ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। ५ सय ८९ वटा पशु चौपायको मृत्यु भएको छ। उक्त अवधिमा विपद्का घटनाबाट ३ हजार ७७९ घर परिवार विस्थापित भएका छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
75
सम्बन्धित

लोकप्रिय

लोकप्रिय