ताप्लेजुङमा एम्बुलेन्स तोडफोड गर्ने ३ जना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङमा एम्बुलेन्स तोडफोड गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

फक्ताङ्लुङ गाउँपालिकाद्वारा सञ्चालित प्र १-०२-००१ झ ०८११ नम्बरको एम्बुलेन्स तोडफोड गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मिक्वाखोला गाउँपालिका ३ लिबाङका ३१ वर्षीय कुमार शेर्पा, फुङ्लिङ नगरपालिका २ का २७ वर्षीय अर्जुन वाइबा र मेरिङ्देन गाउँपालिका ३ खाम्लुङका ३६ वर्षीय फुर्वाछिरिङ शेर्पा रहेका छन् । सदरमुकाम फुङ्लिङस्थित रिजाल लाइनमा पार्किङ गरी राखेको ठाउँमा बिहीबार राति उक्त समूहले एम्बुलेन्स तोडफोड गरेका थिए ।


जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुङगेलीका अनुसार तोडफोडबाट एम्बुलेन्सको झ्यालको सिसा फुटेको छ भने अन्य भागमासमेत सामान्य क्षति पुगेको छ । सो समूहले एम्बुलेन्सका चालक विनोद लिम्बूलाई समेत गालीगलौज र अभद्र व्यवहार गरेका थिए ।

एम्बुलेन्स तोडफोड र चालकलाई अभद्र व्यवहार गरी फरार भएका तीनै जनालाई शुक्रबार पक्राउ गरिएको प्रहरी निरीक्षक लुङगेलीले जानकारी दिए । उनका अनुसार तीनै जनामाथि शुक्रबार नै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङबाट सात दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
95
सम्बन्धित

लोकप्रिय

लोकप्रिय