आन्दोलनमा हिंसा भड्किएपछि बंगलादेशमा देशभर कर्फ्यू

बंगलादेशमा जारी आरक्षणविरोधी आन्दोलनका क्रममा हिंसा भड्किएपछि देशभर कर्फ्यू लगाइएको छ।

सन् १९७१ को स्वतन्त्रता संग्रामको स्वतन्त्रता सेनानी परिवारका सदस्यलाई सरकारी जागिरमा दिइँदै आएको आरक्षणविरुद्ध चर्चिएको आन्दोलन हिंस्रक बन्दै गएपछि देशभर कर्फ्यू जारी गरिएको हो।

जारी प्रदर्शनमा ३५ जनको मृत्यु भएको बीबीसीले जनाएको छ। तर केही सञ्चारमाध्यमले विभिन्न शहरमा जारी झडपमा मृत्यु हुनेको संख्या १ सय ५ पुगेको जनाएका छन्,जसमध्ये राजधानी ढाकामा मात्रै ५२ जनाको मृत्यु भएको ती सञ्चारमाध्यमको विवरण छ।


घटनामा विद्यार्थी तथा सुरक्षाकर्मीसहित ४०० बढी घाइते भएका छन्। कर्फ्यूपछि पनि विद्यार्थीको प्रदर्शन र झडप नरोकिएको समाचारमा जनाइएको छ। १५ वर्षदेखि निरन्तर प्रधानमन्त्री रहेकी शेख हसिनाको कार्यकालमा भएको यो सबैभन्दा हिंस्रक प्रदर्शन हो।

आरक्षणविरोधी प्रदर्शन चर्किँदै गएपछि प्रधानमन्त्री हसिनाले देशवासीका नाममा सम्बोधन गर्दै विद्यार्थीको माग अदालतको आदेशबमोजिम पूरा हुने आश्वासन दिएकी थिइन्। तर लगत्तै प्रदर्शनकारी थप उग्र बनेपछि हिंसा बढेको हो।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
65
सम्बन्धित

लोकप्रिय

लोकप्रिय