पेरिस ओलम्पिक–२०२४ मा सहभागी हुने नेपाली टोलीको बिदाइ

झापा । फ्रान्सको राजधानी पेरिसमा हुने ३३ औँ गृष्मकालिन ओलम्पिकमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सफलताको शुभकामना दिदै शुक्रबार एक कार्यक्रमबीच टोलिको बिदाइ गर्नु भएको हो । कार्यक्रममा राष्ट्रपति पौडेलले नेपाली टोलीका ‘सेफ दि मिसन’ राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङलाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्नु भएको थियो ।

जुलाइ २६ देखि अगष्ट ११ तारिखसम्म फ्रन्समा हुने पेरिस ओलम्पिकमा विभिन्न ६ खेलमा ७ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । नेपाल ओलम्पिक कमिटीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठका अनुसार नेपाली खेलाडी र अफिसियल सोमबार पेरिस जानेछन्।


पेरिस ओलम्पिकमा एथ्लेटिक्सबाट सन्तोषी श्रेष्ठ, जुडोबाट मनिता श्रेष्ठ प्रधान, सुटिङबाट सुस्मिता नेपाल, टेबलटेनिसबाट सान्टु श्रेष्ठ, ब्याटमिण्टनबाट प्रिन्स दाहाल, पौडीबाट एलेक्जेण्डर (एलेक्स) शाह र डुवाना लामाले सहभागिता जनाउँदैछन्।

एथ्लेटिक्सकी सन्तोषी, जुडोकी मनिता, सुटिङकी सुस्मिता र ब्याटमिण्टनका प्रिन्स काठमाडौंबाट सोमबार पेरिसतर्फ लाग्नेछन्।

टेबलटेनिसका सान्टु, पौडीका एलेक्स र डुवाना विदेशमा प्रशिक्षणमै ब्यस्त भएकाले उनीहरू त्यतैबाट पेरिसमा पुग्ने कार्यकारी सचिव श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
95
सम्बन्धित

लोकप्रिय

लोकप्रिय