एसीसी महिला एसिया कप क्रिकेटमा यूएईलाई हराउँदै नेपाल विजयी

झापा । एसीसी महिला एसिया कप क्रिकेटमा यूएईलाई हराउँदै नेपाल विजयी भएको छ ।

नेपालले एसीसी वुमन्स एसिया कपमा यूएईमाथि ६ विकेटको ऐतिहासिक जित हात पारेको हाे । नेपालले महिला एसिया कप इतिहासमा याे पहिलो जित हात पारेको हो ।

११६ रनको लक्ष्य पछ्याएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जीतका लागि ओपनर सम्झना खड्काको उत्कृष्ट ब्याटिङ गरिन् । उनी ४५ बलमा ११ चौकासहित ७२ रनमा नट आउट रहिन् ।


त्यस्तै पूजा महतो ७ रनमा नट आउट रहिन् । सीता रानामगर ७, कविता कुँवर २, इन्दु बर्मा ६ र रुविना क्षेत्री १० रनमा आउट भइन् । यूएईकी कविसा कुमारीले ४ ओभरमा १ मेडनसहित १२ रन खर्चेर ३ विकेट लिइन् ।

त्यसअघि श्रीलंकाको डाम्बुलामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको यूएईले २० ओभरमा ८ विकेट गुमाउँदै ११५ रन बनाएको थियो । यसअघि नेपाल एसिया कपमा २०१२ मा तीन र २०१६ मा ५ खेलमा नेपाल पराजित भएको थियो ।

नेपालले दोस्रो खेल साउन ६ मा पाकिस्तान र ८ साउनमा भारतसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
70
सम्बन्धित

लोकप्रिय

लोकप्रिय