फिफा वरीयतामा नेपाल १ सय ७५ औं स्थान, अर्जेन्टिना शीर्ष स्थानमा

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार नयाँ वरीयता सार्वजनिक गरेको छ । बिहीबार सार्वजनिक वरीयतामा नेपाल एक सय ७५औं स्थानमा छ । नेपाल अघिल्लो वरीयता अनुसार यस पटक यथावत स्थानमा रहेको हो । नेपालले समग्रमा ९३५।९३ अंक प्राप्त गरेको छ ।

दक्षिण एसियाली राष्ट्रमा नेपालभन्दा अगाडि भारत र माल्दिभ्स छन् । दक्षिण एसियाको शीर्ष राष्ट्र भारत तीन स्थान सुधार गर्दै एक सय २४औं स्थानमा छ । तीन स्थान घटुवा भएको माल्दिभ्स एक सय ६३औं स्थानमा छ ।

नेपालभन्दापछि एक स्थान माथि उक्लिएको भुटान एक सय ८२, एक स्थान नै सुधार गरेको बंगालदेश एक सय ८४, यथावत स्थानमा रहेको पाकिस्तान एक सय ९७ र श्रीलंका दुई सय पाँचौं स्थानमा छन् ।


विश्व वरीयताको शीर्ष स्थानमा विश्वकप विजेता अर्जेन्टिना छ । कोपा अमेरिकाको उपाधि जितेपछि अर्जेन्टिनाले शीर्ष वरीयता थप मजबुद बनाएको हो । फ्रान्स, स्पेन, इङ्ल्यान्ड, ब्राजिल, बेल्जियम, नेदरल्यान्ड्स, पोर्चुगल, कोलम्बिया र इटाली दोस्रो देखि १०औं स्थानमा छन् ।

यही जुन, जुलाईमा भएका तीन महाद्वीपीय तथा अन्य थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिताका आधारमा अन्तर्राष्ट्रिय फुटबल महासंघ ९फिफा० ले नयाँ वरीयता निर्धारण गरेको हो । यी महिनामा संसारभर एक सय २५ भन्दा बढी अन्तर्राष्ट्रिय खेल भएको फिफाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
75
सम्बन्धित

लोकप्रिय

लोकप्रिय