झापा एक बर्षमा ५ सय ९३ सवारी दुर्घटना, ८७ जनाको मृत्यु

तिलक योञ्जन
तिलक योञ्जन

सवारी दुर्घटनामा मृत्यु हुनेमा ७० पुरुष, १० महिला र ७ बालबालिका रहेका छन् ।

बिर्तामोड । झापामा एक वर्षको अवधिमा पाँच सय ९३ वटा सवारी दुर्घटना भएको छ । गत आर्थिक वर्षको साउनदेखि असारसम्म पाँच सय ९३ सवारी दुर्घटनामा परेको हो । उक्त दुर्घटनामा परी जिल्लामा ८७ जनाको ज्यान गएको छ ।

सवारी दुर्घटनामा मृत्यु हुनेमा ७० पुरुष, १० महिला र सात बालबालिका रहेका छन् । एक बर्षको सडक दुर्घटनामा परी १ सय ६४ गम्भीर र ८ सय ३ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरिक्षक नवराज न्यौपानेले जानकार दिनुभयो ।

एक बर्षको अवधिमा सबैभन्दा धेरै ५ सय ५१ वटा मोटरसाइकल दुर्घटनामा परेका छन् । प्रहरी निरिक्षक न्यौपानेका अनुसार अनुसार गत एक आवमा ३७ ट्रक, ३५ बस, ८८ जीप-कार, ३१ ट्र्याक्टर र ६० टेम्पो दुर्घटनामा परेका छन् ।


घट्यो दुर्घटना र मृत्युदर

पछिल्लो ३ बर्षको तथ्यांङ हेर्दा झापामा सवारी दुर्घटना संख्या र मानिसको मृत्यु संख्यामा कमि आएको देखिन्छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको तथ्यांक अनुसार जिल्लामा सवारी दुर्घटनाको संख्या र दुर्घटनामा परि मानिसहरुको मृत्यु हुने दरमा कमि आएको छ । पछिल्लो ३ बर्षको तथ्यांङ हेर्दा झापामा सवारी दुर्घटना संख्या र मानिसको मृत्यु संख्यामा कमि आएको देखिन्छ ।

आव २०७९/८० को भन्दा गत आवमा २६ दशमलव २७ प्रतिशतले सडक दुर्घटनामा कमी आएको जिल्लास्थित ट्राफिक कार्यालयले जनाएको छ । त्यस्तै २३ दशमलव ६८ प्रतिशतले मृत्युदरमा समेत कमि आएको छ ।

झापामा आव २०७९/८० मा ८ सय ४ सडक दुर्घटनाका घटना भएका थिए । उक्त संख्याको दुर्घटनामा परि जिल्लामा १ सय १४ जनाले ज्यान गुमाएका थिए ।

त्यस्तै आव २०७८/९७ मा जिल्लामा ६ सय ११ वटा दुर्घटना भएका थिए । उक्त बर्ष झापामा १ सय १६ जनाले दुर्घटनामा परि ज्यान गुमाएका थिए ।

सवारी कारबाही र राजश्व

गतवर्ष सबैभन्दा धेरै १६ हजार छ सय ७६ मोटरसाईकल कारबाहीबाट रु एक करोड सात लाख ३१ हजार एक सय ४१ राजस्व सङ्कन गरिएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।

जिल्लामा गत आव २०८०/८१ मा ५७ हजार ४ सय ५६ सवारीसाधन कारबाहीमा परेका छन् । जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक नयौपानेका अनुसार गत वर्ष सवारीसाधन कारबाहीबाट रु तीन करोड ८६ लाख ८२ हजार छ सय ४१ राजस्व सङ्कलन भएको छ ।

गतवर्ष सबैभन्दा धेरै १६ हजार छ सय ७६ मोटरसाईकल कारबाहीबाट रु एक करोड सात लाख ३१ हजार एक सय ४१ राजस्व सङ्कन गरिएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । त्यस्तै १८ हजार ६ सय ५७ कार तथा जीपलाई कारबाही गर्दा रु एक करोड ७ लाख २७ हजार राजस्व सङ्कलन भएको थियो ।

सरकारले निर्धारण गरे अनुसार पहिलो पटक कारबाहीमा पर्नेलाई रु पाँच सय, दोस्रो पटक रु एक हजार र तेस्रो पटक रु एक हजार पाँच सय जरिवाना लिने गरिएको कार्यालयले जनाएको छ ।

ट्राफिकसम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम र ट्राफिक प्रहरीको सक्रियताले सडक दुर्घटना कम भएको प्रहरी निरीक्षक न्यौपानेले बताउनुभयो । उहाँका अनुसार मापसे, तीव्र गति र चालकको लापरबाहीलगायतका मुख्य कारणले सवारी दुर्घटना हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
105
तिलक योञ्जन
तिलक योञ्जनhttps://khabarkheti.com/
उनी खबरखेती डटकमका सम्पादक हुन् ।
सम्बन्धित

लोकप्रिय

लोकप्रिय