रिल्स बनाउँदा झरनामा चिप्लिएर २७ वर्षिया युवतीको मृत्यु

एजेन्सी । भारतको मनगाउँ जिल्लास्थित एक झर्नाबाट झरेर एक २७ वर्षिया युवतीको मृत्यु भएको छ ।

इन्स्टाग्राम रिल्स बनाउने क्रममा चर्चित भारतीय इन्फ्लुएन्सर आन्भी कामदारको मृत्यु भएको हो । रिल्स बनाउने क्रममा उनी झरनाबाट चिप्लिएर खसेकी थिइन् ।

सहयाद्री वाइल्डलाइफ कन्जरभेसन सोसाइटीका उद्दारकर्ताले उनको उद्दार गरेका थिए । उद्दार गर्दासम्म उनी जीवितै थिइन् । तर, अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको जनाइएको छ ।


रिल्स बनाउन उनी ७ जना साथीसहित मनगाउँ जिल्लाको कुम्बे झरनामा गएकी थिइन् । उनलाई इन्स्टाग्राममा पछ्याउनको संख्या दुई लाख ६० हजार छ । उनले पर्यटन प्रवर्धन गर्ने विषयमा रिल्स बनाउने गर्थिन् ।

उनी डेलाइट नामक प्रविधि कम्पनीमा चार्टर एकाउन्टेन्टको रुपमा पनि कार्यरत थिइन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
85
सम्बन्धित

लोकप्रिय

लोकप्रिय