कचनकवल गाउँपालिकाको गत आवको आय ५४ करोड ४ लाख

झापा । कचनकवल गाउँपालिकाले आर्थिक वर्ष २०८०–०८१ को वित्तीय प्रगति सार्वजनिक गरेको छ । गत आर्थिक वर्षमा ६५ करोड २४ लाख ६६ हजार ९८७ कुल आय प्रस्तावित गरिएको थियो ।

तर, संघ तथा प्रदेश सरकारबाट प्राप्त हुनुपर्ने निकासा एवम आन्तरिक स्रोत अपेक्षाकृत रुपमा प्राप्त नहुँदा वास्तविक आय ५४ करोड ४ लाख ६० हजार १८ रुपैयाँ प्राप्त भएको थियो ।

आयको अनुपातमा कुल व्यय ५२ करोड १९ लाख ६२ हजार २७८ रुपैयाँ भएको छ । यसरी कुल आयको अनुपातमा जम्मा खर्च प्रगति ९६.५८ प्रतिशत रहेको छ ।


गाउँपालिकाले आयोजना तथा कार्यक्रमहरुको व्यवस्थापन, सञ्चालन तथा सम्पन्न गर्न सहयोग पुर्‍याएका सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, शिक्षक, उपभोक्ता समिति, निर्माण व्यवसायी, राजनीतिकर्मी, स्थानीयबासी तथा विभिन्न सरकारी, गैरसरकारी संघसंस्थाहरुप्रति हार्दिक आभार व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
80
सम्बन्धित

लोकप्रिय

लोकप्रिय