संस्कृतिविद प्रा.डा. जगमान गुरुङलाई भानु साहित्यिक राष्ट्रिय पुरस्कार

मेचीनगर । यस वर्षको भानु साहित्यिक राष्ट्रिय पुरस्कार संस्कृतिविद, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा. जगमान गुरुङलाई प्रदान गरिएको छ ।

२११ औँ भानु जयन्तीको अवसरमा काँकरभिट्टा बहुमुखी क्याम्पसको सभाहलमा भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले आयोजना गरेको कार्यक्रममा आयोजित एक कार्यक्रममा गुरुङलाई नगद १ लाख एक हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सरकारका खानेपानी, सिँचाई तथा ऊर्जा मन्त्री एकराज कार्की र विशिष्ट अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले संयुक्तरुपमा पुरस्कार प्रदान गर्नुभएको थियो ।


प्रतिष्ठानका कार्यवाहक अध्यक्ष डिल्लीराम घिमिरेको अध्यक्षता भएको कार्यक्रममा सम्मानित व्यक्तित्वका बारेमा अग्रज सञ्चारकर्मी चन्द्र भण्डारीले प्रकाश पर्नुभएको थियो ।

सोही अवसरमा अन्य विभिन्न विधाका श्रष्टा र संस्थालाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
75
सम्बन्धित

लोकप्रिय

लोकप्रिय