युवा संघको ‘एक युवा, पाँच विरुवा’ अभियान अन्तर्गत अर्जुनधारामा वृक्षारोपण

झापा । राष्ट्रिय युवा संघ नेपालको ‘एक युवा, पाँच विरुवा’ अभियान अन्तर्गत झापाको अर्जुनधारा नगरपालिकामा वृक्षारोपण गरिएको छ । राष्ट्रिय युवा संघ केन्द्रीय कमिटीले शुरु गरेको अभियान अन्तर्गत अर्जुनधारा नगरपालिकामा आज वृक्षारोपण गरिएको हो ।

युवा संघ अर्जुनधारा ८ नम्बर वडा कमिटीको आयोजनामा वृक्षारोपण गरिएको हो । ‘एक युवा, पाँच विरुवा’ वृक्षारोपण अभियान अन्तर्गत अर्जुनधारा वडा नम्बर ८ स्थित शनिस्चरे नयाँ बजार क्षेत्रमा वृक्षारोपण गरिएको युवा संघ अर्जुनधारा ८ नम्बर वडा कमिटीका अध्यक्ष प्रदीप तामाङले जानकारी दिनुभयो ।

वातावरण सन्तुल, प्राकृतिक प्रकोप न्यूनीकरण र हरियाली कायम गराउदै चरा–चुरुङ्गि जस्ता जिवहरुको संरक्षण गर्ने मुख्य उदेश्यले वृक्षारोपण अभियान सञ्चालन गरिएको अध्यक्ष तामाङको भनाइ छ । शिरिश, जाडुल, राजवृक्ष, अशोक र अमला लगायतका प्रजातिको एक सय भन्दाबढी बिरुवा रोपिएको उहाँले जानकारी दिनुभयो ।


उहाँले वृक्षारोपणका लागि अर्जुनधारा नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष कुमार प्रसाद उप्रेतीले बिरुवा उपलब्ध गराउनु भएको बताउनुभयो । वडा अध्यक्ष उप्रेतीले बिरुवा रोप्ने मात्र नभएर त्यसको स्याहार र संरक्षणका लागि पनि वडाले बिशेष सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको तामाङले बताउनुभयो ।

युवा संघ नेपालकी स्थायी कमिटी सदस्य रोजिना पाण्डेको प्रमुख आतिथ्यमा भएको वृक्षारोपण कार्यक्रममा, युवा संघका जिल्ला कमिटी सचिवालय सदस्य उमेश मिश्र, युवा संघका अर्जुनधारा नगर कमिटी अध्यक्ष धिरज मोक्तान, युवा संघका नगर कमिटी पदाधिकारी तथा सदस्यहरु, युवा संघका वडा कमिटी पदाधिकारी तथा सदस्यहरु र नेकपा एमाले पार्टीका नेताकार्यकर्ता लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन राष्ट्रिय युवा संघ नेपाल अर्जुनधारा नगर कमिटी सचिव घरेन्द्र डाँगीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
1
+1
0
+1
0
110
सम्बन्धित

लोकप्रिय

लोकप्रिय