इलामको फिक्कल अस्पतालमा अत्याधुनिक मेसिन जडान, १५ मिनेटमै ल्याब रिर्पोट

इलामको सूर्योदय नगरपालिकाको फिक्कल अस्पतालमा पुर्ण अटोमेटीक बायोक्यामेस्टी एनालाईजर मेसीन जडान जडान गरिएको छ । नगरले नागरिकको स्वास्थ्यलाई मध्यनजर गरी अत्यन्तै छिटो परीक्षण रिर्पोट दिने गरि मेसीन जडान गरिएको हो ।

सूर्योदय नगरपालिकाको आर्थिक बर्ष २०८०/०८१ को बार्षिक स्विकृत कार्यक्रम अनुसार मेसीन खरिद गरि अस्पताललाई शुक्रबार हस्तान्तरण गरिएको हो । मेसीन हस्तान्तरण कार्यक्रममा नगर प्रमुख रण बहादुर राई , नगर उप प्रमुख दुर्गाकुमार बराल, प्रमुख प्रशासकीय मिलन भट्टराई लगायतको उपस्थिति रहेको थियो । अन्तर्राष्ट्रिय मान्यता प्राप्त उक्ते मेसिनको टेष्ट रिर्पोटको मान्यता शत प्रतिशत रहेको छ ।

उक्त मेसीन नेपालमै पहिलो पटक फिक्कल अस्पतालमा जडान गरिएको सूर्योदय नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिपुल अधिकारीले जानकारी दिए। उक्त मेसीन जडान भएपछि जुनसुकै ल्यावको रिर्पोट मेसिन चालु भएको १५ मिनेटमा र त्यस पछिको रिर्पोट प्रत्येक १५:१५ सेकेण्डमा प्राप्त गर्न सकिने शाखा प्रमुख अधिकारीले जानकारी दिए ।


जापानीज कम्पनीको बायोलिस ३० आई फुल अटोमेटिक बायो केमिकल एनालाईजर मेसीनको मुल्य बजारमा भारतिय ४५ लाख रहेको छ । उक्त मेसीनबाट आएएफटी, एलएफटी लिपिट प्रोफाईल लगायत २३० प्रकारको टेष्ट गर्न सकिने जनाईएको छ । उक्त मेसिनले एक दिनमा एक हजार पाँच सय जनाको परीक्षण गरी तत्काल रिर्पोट दिन सकिने जनाईएको छ ।

शाखा प्रमुख अधिकारीले दुई तीन घण्टा पर्खेर लिनु पर्ने रिर्पोट अव बढीमा २० मिनेटमा पाईने भएपछि सेवाग्राहीलाई सहज हुने बताए । नगर प्रमुख रण बहादुर राईले नगरबासीले अन्यत्र गएर महंगो खर्च तिरेर उपचार गर्नु नपरोस भनेर नगरले नयाँ प्रविधिको मेसिन जडान गरिएको जानकारी दिए ।

‘यो मेसिन जडान भएपछि नगरबासीको समय र पैसा अव दुबै बचत हुन्छ ।’उनले स्वास्थ्य र शिक्षामा नगरले बिशेष ध्यान दिएर काम गरिरहेको जानकारी दिए । सूर्योदय नगरपालिकाले फिक्कल प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा रुपान्तरण गरेपछि अहिले दैनिक दुई सय देखि तीन सय ५० जना सम्म बिरामी स्वास्थ्य सेवा लिन आउने गरेको अस्पतालका प्रशासन प्रमुख जनस्वास्थ्य निरीक्षक फाजुङ भोटेले जानकारी दिए ।

अस्पतालमा हाल २४ घण्टे आकस्मिक सेवा, ल्याव सेवा , प्रसुती सेवा एम्बुलेन्स सेवा लगायत बिभिन्न सेवा संचालन हुँदै आएको छ । १५ शैयाको नगर अस्पताल हाल निर्माण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
1
+1
0
+1
0
135
सम्बन्धित

लोकप्रिय

लोकप्रिय