विश्वासको मत नपाएपछि प्रधानमन्त्री प्रचण्ड पदमुक्त

काठमाडौं । विश्वासको मत नपाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त हुनुभएकाे छ ।

प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त हनुभएको हाे। एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० (२) अनुसार विश्वासको मत माग्नुभएको थियो । ।

२७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत चाहिन्छ । तर प्रधानमन्त्री प्रचण्डको पक्षमा ६३ मत मात्र पर्‍यो । उको विपक्षमा १९४ मत परेको छ । र मत दिन्न भन्नेमा १ मत परेको छ ।


कांग्रेस र एमालेले नयाँ सरकार बनाउने सहमति गरेसँगै उहाँ अल्पमतमा पर्नुभएकाे थियाे । उहाँलाई आफ्नै दल माओवादीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीले मात्र मत दिएको छ । राप्रपा लगायतका अन्य साना दलहरुले समेत विपक्षमा मतदान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
1
+1
0
100
सम्बन्धित

लोकप्रिय

लोकप्रिय