शिवसताक्षी नगरपालिकाद्वारा ७२ जना विद्यार्थीलाई ९ लाख बढी छात्रबृत्ति प्रदान

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरेको छ । आज नगरपालिका कार्यालयमा एक कार्यक्रमका बीच नगरका ७२ जनालाई ९ लाख ९९ हजार ७६० रुपैया छात्रबृत्ति प्रदान गरेको हो ।

जसमा शिवसताक्षीको झिलझिलेमा सञ्चालित गणेशमान अध्ययन प्रतिष्ठानका २४ जना ३ लाख प्रदान गरिएको छ । गणेशमानमा अध्ययन गर्ने ४ जनालाई नियमित र ३ जनालाई ५० प्रतिशत र १ जनालाई पूर्ण रुपमा छात्रबृत्ति प्रदान गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । त्यस्तै १० जनालाई जनही १० हजारका दरले प्रदान गरिएको छ ।

त्यसैगरी नरबहादुर कर्मचार्य प्राविधिक शिक्षालयमा अध्ययनरत ५ जना विद्यार्थीहरुलाई एकमुष्ठ ५० हजार, सताक्षीधाम बहुमुखी क्याम्पसमा अध्ययनरत १९ जनालाई ५ हजारका दरले ९५ हजार छात्रबृत्ती क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष डिल्लीरमण खतिवडलाईलाई प्रदान गरिएको शिक्षा शाखा प्रमुख छवि ढकालले जानकारी दिए ।


साधारण विषयतर्फ १४ जना छात्र छात्रालाई जनही ५ हजारका दरले छात्रबृत्ती प्रदान गरिएको छ भने, नगर बाहिर अन्य विभिन्न क्याम्पसहरुमा अध्ययरत २० जनलाई पनि छात्रबृत्ती प्रदान गरिएको थियो । उनीहरुलाई शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राई, लेखा शाखा प्रमुख प्रकाश योङ्गहाङ्गले विद्यार्थी, अभिभावक तथा विद्यालयलाई एक मुष्ठ प्रदान गरेका हुन् ।

छात्रबृत्ती प्रदानका क्रममा बोल्दै नगरप्रमुख मेगाहाङ्ग थोप्राले कुनै पनि कारणले नगरका भित्रका विद्यार्थीहरु देशका जुनसुकै क्याम्पसहरुमा अध्ययनरत भएपनि उनीहरु शिक्षाबाट बच्चित हुनु पर्देन भन्ने उद्देश्यले नगरले छात्रबृत्ती प्रदान गरेको बताए । उनले कार्यक्रम उपस्थित विद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्नका लागि शुभकामना समेत दिएका थिए ।

नगर प्रमुख थोप्राले सरकारले उच्च लगानी गरिरहेको सरकारी विद्यालयहरुमा २०८० सालको एसईई परीक्षामा आएको परीक्षा फलले आफुलाई दुखित बनाएको बताए । यसको विषयमा गम्भिर छलफल गरी नयाँ ढंगले अघि बढ्ने शिक्षाको गुणस्तरलाई उच्च बनाउँदै आगामी परीक्षा फलहरुमा सुधार ल्याउने उनको भनाई थियो । कार्यक्रममा नगरउपप्रमुख नरमाया कार्कीले पनि विद्यार्थीहरुलाई उच्च शिक्षा हासिलका गर्न शुभकामना दिएकी दिइन्। कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षकहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
60
सम्बन्धित

लोकप्रिय

लोकप्रिय