गायनमा सोनु, नृत्यमा अर्जुन र कविता विधामा अनिस बने रोङ गट ट्यालेन्ट

झापा । इलामको रोङ गाउँपालिकाले सञ्चालन गरेको रोङ प्रतिभाको खोजी ‘रोङ गट ट्यालेन्ट’को फाइनल सम्पन्न भएको छ । गायन, नृत्य र कविता विधामा सञ्चालन भएको प्रतियोगितामा नृत्य तर्फ सोनु लावती प्रथम, सरस्वती मुखिया दोस्रो र आरध्या अर्याल तेस्रो भएका छन् । त्यसैगरी निस्ता राई चौथो र प्रज्ञा भुजेल पाँचौ भएका छन् ।

त्यसैगरी गायन विधामा अर्जुन खड्का प्रथम, सौगात सुब्बा दोस्रो र एलिना राई तेस्रो भएका छन् । गायनमा देबधन राई चौथो र हर्कमान सुन्दार पाँचौ भए । त्यसैगरी कविता विधा तर्फ अनीश राई प्रथम तिलकराज कोइराला दोस्रो र साम्पोल गजमेर तेस्रो भएका छन् । कवितामा शुष्मा राई चौथो र तेजकुमारी चौलागाइ पाँचौ भएका छन् ।

शनिबार सम्पन्न भएको अन्ति प्रतिस्पर्धाबाट प्रतियोगितामा विजयी सबैलाई आयोजकले नगद पुरस्कार, प्रमाण पत्र तथा मेडल र ट्रफी प्रदान गरेको थियो । यस अघि विभिन्न चरणमा भएका प्रतिस्पर्धाबाट कविता विधामा सामुएल गजमेर, अनीश राई, तिलकराज कोइराला, तेजकुमार चौलागाईं र सुस्मा राई फाइनलमा प्रवेश गरेका थिए । यस्तै, गायन विधातर्फ सौगात सुब्बा, हर्कमान सुन्दास, एलिना राई, अर्जुन खड्का र देवधन राई फाइनलका लागि छानिएका थिए । नृत्य विधामा निस्ता राई, प्रज्ञा भुजेल, आराध्य अर्याल, सोनु लावती र सरस्वती मुखियाले फाइनलमा स्थान बनाएका थिए ।


गायन, नृत्य र कविता विधामा पाँच-पाँच गरी १५ जनाले फाइनलको यात्रा तय गरेका थिए । तीनवटै विधामा ३२१ प्रतियोगीलाई पछि पर्दै उनीहरू फाइनलमा प्रवेश गरेका थिए ।

रोङ गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङबो(सुवास)ले लुकेर रहेको प्रतिभाको खोजी गर्दै उनीहरुलाई व्यवसायीक र स्थापीत बनाउन यो कार्यक्रम महत्वपूर्ण भएको बताउनुभयो । उहाँले भन्नुभयो–‘सरकारको उदेश्य भनेको विकास हो, विकास भनेको भौतिक विकास मात्रै हैन्, चेतना र प्रतिभाको विकासले धेरै महत्व राख्दछ, ती सबैको सम्वाहक भनेको गायन, नृत्य र कविता हो ।’

अध्यक्ष स्याङ्बोले मुलुकमा विगतामा भएका परिवर्तनहरुमा राजनैतीक दलहरुले समेत गायन, नृत्य र कविता विधालाई नै भर्याङ बनाएर परिर्वतन सफल भएको धारणा राख्नुभयो । चेतनाको विकास र व्यवस्थाको परिवर्तनमा ठूलो भुमीका खेलको यस्ता प्रतिभामा आधारीत विधाहरुको भावी पुस्ताको संरक्षण, विकास र प्रवर्दनका लागि रोङ प्रतिभाको खोजी कार्यक्रम प्रभावकारी भएको उहाँले बताउनुभयो ।

यो प्रतियोगिताको लागि गाउँपालिकाले नीति तथा कार्यक्रममा बजेटको व्यवस्था गरेर आगामी वर्ष हिउँदकै समयमा सञ्चालन गर्ने समेत अध्यक्ष स्याङ्बोले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
80
सम्बन्धित

लोकप्रिय

लोकप्रिय