‘अर्जुनधारा वैभबशाली पालिका हो’: सभामुख देवराज घिमिरे

बिर्तामोड । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले अर्जुनधारा नगरपालिका वैभबशाली पालिका भएको बताउनु भएको छ ।

अर्जुनधारा नगरपालिकाको १५ औं नगरसभाको दोस्रो बैठकलाई आज बिशेष सम्बोधन गर्दै सभामुख घिमिरेले प्राकृतिक, भौगोलिक, एतिहासिक, धार्मीक लगायत हरेक हिसाबले महत्वपूर्ण भएको भन्दै उहाँले अर्जुनधारालाई वैभबशाली पालिका भनेर चित्रण गर्नुभएको हो ।

सभामुख घिमिरेले जिल्लाकै पुरानो शनिश्चरे बजार, पूर्वको पशुपतिनाथको रुपमा परिचित अर्जुनधारा जलेश्वर धाम, सुखानी सहिदहरुको एतिहासिक स्मृती पार्क लगायतका महत्वपूर्ण स्थानहरु अर्जुनधारामा भएको चर्चा गर्नुभयो । त्यस्तै समथल भुभागदेखि चुरेसम्म फैलीएको भौगोलिक बनोट, कृषीमा ऊर्भर जमीन, प्राकृतिक सम्पतिको रुपमा रहेको खोलानालाले समेत अर्जुनधारालाई महत्वपूर्ण पालिकाको रुपमा दर्शाएको उहाँले धारणा राख्नुभयो ।


दक्षिणमा पूर्वपश्चिम राजमार्ग नजिकै रहेको र उत्तर पश्चिमको भुमागमा मदन भण्डारी लोकमार्ग निर्माण भएकाले पनि अर्जुनधारामा अब विकासले गति लिने उहाँको भनाई थियो ।

सम्बोधनको क्रममा सभामुख घिमिरेले आगामी आर्थिक बर्षमा अर्जुनधारा नगरपालिका भित्र संचालन हुने विकासका योजनाहरुको बारेमा जानकारी गराउनु भएको थियो । उहाँले अर्जुनधारामा मात्रै संघिय सरकारबाट ६४ करोड ७३ लाख बजेट अन्तर्गतको योजना परेकोे बताउनुभयो । घिमिरेले कृषि, भौतिक पूर्वधारा निर्माण र नदि नियन्त्रण लगायतका क्षेत्रमा आगामी आर्थिक बर्षमा महत्वपूर्ण योजनाहरु संचलन हुने बताउनुभयो ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे गृह जिल्लाको विभिन्न कार्यक्रममा सहभागि हुन झापा आउनु भएको बेला अर्जुनधाराको नगरसभालाई बिशेष सम्बोधन गर्नुभएको हो ।

अर्जुनधारा नगरपालिका घिमिरेले निर्वाचन जित्नुभएको झापा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्दछ । यो घिमिरेको गृहपालिका समेत हाे ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
125
सम्बन्धित

लोकप्रिय

लोकप्रिय